Sunday, June 17, 2012

हिमाली जिल्ला हुम्लामा समेत खानेपानीको अभाव

हुम्ला, असार ३- हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित बृहत् खानेपानी आयोजनाका मूलहरु खडेरीले सुक्दा त्यहाँ खानेपानीको हाहाकार भएकोछ।
सदरमुकामका बजार तथा गाउँटोलहरुमा विगत एक हप्तादेखि खानेपानी बन्द हुँदा उपभोक्ताहरुले ठूलो सास्ती बेहोर्नु परिरहेको छ।
यसैबीच, नेपाल खाद्य संस्थान शाखा कार्यालयको कोटाअनुसार फागुनमै खाद्यान्न सकिएपछि कर्मचारी तथा सर्वसाधारणले चरम खाद्य सङ्कट भोग्नु परेको छ।
सदरमुकाम सिमकोटमा रहेका कर्मचारी र स्थानीय बासिन्दा चीनको सीमा क्षेत्रबाट मैदालगायतका खाद्य सामग्री खरिद गरेर ल्याई खान बाध्य भएका छन्। रासस

No comments:

Post a Comment