- चिनियाँ अधिकारीहरूको टोलीले मङ्गलबार पासाङल्हामु मार्गअन्तर्गत रसुवाखण्डको पहिरोको स्थलगत निरीक्षण गरेको छ। रसुवाको सीमावर्ती क्षेत्रका गाविसमा चीन सरकारले उपलब्ध गराउने वस्तुगत सामग्रीबारे छलफलका लागि जिल्ला विकास समितिको निमन्त्रणामाआएको केरुङ प्रशासक दोलासहितको चिनियाँ अधिकारीको टोलीले पहिरोको स्थलगत निरीक्षण गरेको हो।
odule google ad 600x60|none}सो टोलीले राम्चे गाविस- ९को तेम्राङ, वडा नं. ३ को ग्राङ, वडा नं १ को मूलखर्क तथा फुलखर्क क्षेत्रका पहिरोको स्थलगत निरीक्षणगरेको रसुवाका प्रशासक कमलकान्त रेग्मीले जानकारी दिए।
अन्तर्राष्ट्रिय नाकासँग सम्बन्ध विस्तार भइसकेको रसुवाको राजमार्ग वर्षायाममा बर्सेनि अवरुद्ध हुँदा उत्तरी रसुवाका २५ हजार ग्रामीणवासीका लागि यातायातको समस्या उत्पन्न हुँदैआएको थियो।
लामो समयदेखि विकराल रूप लिँदै आएको सो पहिरो रोकथामका लागि कतैबाट पनि प्रयास नभइराखेको अवस्थामा चिनियाँ अधिकारीद्वारा अभिरुचिपूर्वक स्थलगत निरीक्षण हुनु र यसबारेमाएकपटक बैठक बस्ने आश्वासन पाइनुले चीन सरकारले पहिरो रोकथाममा सहयोग गर्ने आशा पलाएको रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष केसाङ नुर्पु तामाङले बताए। रासस
No comments:
Post a Comment