आक्रा, जेठ २१ (एजेन्सी) - घानाको राजधानी आक्राको विमानस्थल नजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। रनवे छाडेर एउटा बसमा ठोक्किन पुगेको विमानका चालकदलका सदस्य भने सकुशल रहेको बताइएको छ। बोइङ ७२७ एलियड एअरप्लेन दुर्घटना भएलगत्तै अग्नी नियन्त्रक र उद्दारकर्ता सक्रिय भएका थिए।
यसले थप क्षति हुन रोक्यो। विमान नाइजेरियाको आर्थिक राजधानी लागसबाट आएको थियो। विमानस्थल प्रशासनले डीएचभी १११ फ्लाइट नम्बर रहेको विमान रनवेभन्दा बाहिरिएको जानकारी दिएको छ। चालक दलका चार सदस्यलाई उपचारका लागि विमानस्थलमै रहेको क्लिनिकमा लगिएको छ। विमान दुर्घटनामा मर्नेमा भने बसभित्र रहेका मानिस परेका छन्। बस पूर्ण ध्वस्त भएको छ भने विमानको पंखा र पछाडिको भागमा क्षति पुगेको छ।
प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment