Sunday, June 3, 2012

अर्काको मलामी जाँदा आफ्नै मृत्यु

इलाम, जेठ २१- आफन्तको मलामी जाँदै गरेका इलामका एक व्यक्तिको गाडीबाट खसेर ज्यान गएको छ। ट्याक्सीमा झुन्डिएर यात्रा गर्ने क्रममा एक वृद्धको आज बिहान साढे ९ बजे ज्यान गएको हो। राँकेबाट झापातर्फ जाँदै गरेको ना१ज १४८६ नम्बरको ट्याक्सीबाट खसेर इलाम नगरपालिका-३ निवासी ५५ वर्षीय रामबहादुर राईको नगरपालिका-४ सेरामा ज्यान गएको प्रहरीले जनाएको छ।
ट्याक्सीबाट खसेका उनको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको र यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा लैजान एम्बुलेन्समा राख्दाराख्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
ट्याक्सी चालक माइपोखरीका याम गुरुङ र सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। रासस

No comments:

Post a Comment