Friday, May 18, 2012

बस दुर्घटनामा २५ यात्रु घाइते

डोटी, जेठ ५ - शुक्रबार बिहान सबा ५ बजे डोटीको लाटामाण्डौ गाविस ९ तिलतालीमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी बसमा सवार २७ जना यात्रु घाइते भएका छन्। धनगढीबाट अछामका लागि गइरहेको ना.२ ख ७५७२ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।
बस सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइते २५ जनालाइ उद्दार गरी प्रहरीले डडेल्धुरास्थित टीम अस्पतालमा उपचारका लागि पठाएको छ भने सामान्य घाइते २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

No comments:

Post a Comment