Tuesday, May 15, 2012

सुदूर बन्द १९ औं दिन : रातिदेखि झडप, तीन मोटरसाइकल जलाइए, स्थिति तनावग्रस्त

दिलबहादुर छत्याल, धनगढी, जेठ २ - अखण्ड सुदूर पश्‍चिमको माग राख्दै आन्दोलनरत पक्ष र थरुहटको मागमा उत्रिएका थारुबीच हिजो रातिदेखि कैलालीकोपहलमानपुरमा भिडन्त भएको छ। मध्यरातसम्म भएको झडपमा परी सन्देश वोगटी र जङ्ग थापा घाइते भएका छन्। अहिले दुबै पक्ष भिडन्तको तयारीमा जुटेको छ।
धनगढीबाट ५० किलोमिटर पूर्वमा भिडन्तको तयारी भइरहँदा प्रहरी पुग्न सकेको छैन। आज थप तनाव हुने स्थिति छ।
यो पनि हेर्नुस् सुदूरमा 'जनमत संकलन'को प्रतिबद्धता
माओवादीले राज्य पुनर्संरचना गर्दा १० प्रदेशकोप्रस्ताव गरेयता सुदूर पश्‍चिम ठप्प छ। आज १९ औं दिनमा आन्दोलन जारी रहँदा त्यहाँको जनजीवन ठप्प बनेको छ। आजैमात्र थारुहट कार्यकर्ताले कैलालीको बहुनियामा ३ वटा मोटरसाइकल जलाएका छन्।

No comments:

Post a Comment