Monday, May 21, 2012

राष्ट्रपतिले शीर्ष नेतालाई भने, 'आज जसरी भए पनि सहमति गर्नुस्'

काठमाडौँ, जेठ ८ (नागरिक)- संविधान जारी गर्ने म्याद छ दिनमात्रै बाँकी रहँदा राष्ट्रपति रामवरण यादवले प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेतासँग संविधान निर्माण प्रक्रिया बारे जानकारी लिएका छन्। त्यसैगरी उनले प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि आजै भेट गरेका छन्।
भेटपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले जेठ १४ भित्र जसरी भए पनि संविधान ल्याउन आज जसरी भए पनि सहमति गर्न राष्ट्रपतिले सुझाव दिएको बताए।
'हामी सहमतिकै लागि जाँदैछौँ, सहमति नगरी हुँदैन', गच्छदारले भने।

No comments:

Post a Comment