पाल्पा, जेष्ठ ६ -
युवाहरू कामको खोजीमा बिदेसिएका बेला तानसेनका तीन युवाले भने सहरबाट गाउँ फर्केर व्यावसायिक बाख्रा फार्म खोलेका छन् । उनीहरूले ठूलो संख्यामा बाख्रापालन थालेका छन् ।
तानसेन बजारमा हार्डवेयर व्यवसाय गर्दै आएका वसन्तमान सीमांगैडा, व्यवसायीहरू राजेशकुमार शाक्य र गोपाल पौडेलले ठूलो लगानीमा बाख्रापालन फार्म सुरु गरेका हुन् । सदरमुकामबाट पश्चिमोत्तर बौघापोखराथोक-५ आमडाँडामा सत्यवती एकीकृत कृषि फार्म नाममा उनीहरूले बाख्रापालन गर्न थालेका छन् । तीनजनाले फार्ममा ३६ लाखभन्दा बढी लगानी गरेका छन् ।
उनीहरूको फार्ममा अहिले सयभन्दा बढी माऊ बाख्रा छन् । ३० भन्दा बढी पाठापाठी हुर्किंदै छन् । ्फार्ममा ५ सयवटा माऊ पाल्ने योजना रहेको सञ्चालक शाक्यले बताए । उनका अनुसार घाँस पर्याप्त नभएकाले एकैपटक माऊ बढाउन सकिएको
छैन । तानसेन-रिडी सडक खण्डकोजोर्तेबाट ६ सय ५० मिटर माथि ५८ रोपनी जग्गा खरिद गरेर उनीहरूले फार्म सुरु गरेका हुन् । उनीहरूले यहाँ बाख्रालाई आवश्यक घाँससमेत लगाएका छन् । र्फममा चारजनालाई रोजगारी दिएको र्फमका अर्का सञ्चालक पौडेलले बताए । अहिले २ सय २५ बाख्रा अटाउने खोर निर्माण गरेका छन् । 'पालैपालो रेखदेखमा आउने गरेका छौं,' पौडेलले भने ।
No comments:
Post a Comment