Tuesday, May 15, 2012

अखण्ड पक्षधरद्वारा माओवादी कार्यालय तोडफोड, वाइसिएल पछि हट्यो

अखण्ड सुदूर पश्‍चिमको माग राख्दै आन्दोलन उत्रिएका सुदूर पश्‍चिमेलीहरुले माओवादीको पार्टी कार्यालय र थारुहट स्वायत्त राज्य परिषद्को कार्यालय तोडफोड गरेका छन्। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जातीय संघियताको विरोध गर्नेमाथि प्रतिकार गर्ननिर्देशन दिएको तेस्रो दिन धनगढीमा योङ्ग कम्युनिस्ट लिग (वाइसिएल)कार्यकर्ताले विरोध कार्यक्रमको अवरोध गर्दा झडप भएको नागरिकन्युज कर्मी दिलबहादुर छत्याल ले जनाएका छन्।
कार्यालय तोडफोडपछि भने वाइसिएलहरु पछाडि हटेकाछन्। झडपमा माओवादीको जिल्ला सह इन्चार्ज गोविन्द तिमल्सिना सहित ७ जना घाइते भएका छन्। दुई समूहबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी र अखण्ड सुदूर पक्षधरबीच भइरहेको झडपका कारण धनगढी तनावग्रस्त छ।
अखण्ड सुदूर पश्‍चिमको माग राख्दै आएका स्थानीयले आयोजना गर्न लागेको आमसभा विथोल्न वाइसिएल कार्यकर्ता सक्रिय भएपछि भिडन्तमा परी राना थारु समाजको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रामसमत राना घाइते भएका छन्। त्यस्तै नोकराम चौधरी, राजेश रावल र हेमन्त कुँवर घाइते भएका छन्।
धनगढी बजारमा दुबै पक्षले लाठी, ढुङ्गा प्रहार गरेका थिए। स्थिति प्रहरी नियन्त्रणबाहिर रह्यो। गुलेली, ढुंगा प्रहार दुबै पक्षबाट भइरहेको थियो।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment