Thursday, May 17, 2012

बन्द हड्तालले देशभरको जनजीवन प्रभावित

४ जेठ काठमाण्डौ । विभिन्न समुदायहरुले गरेको वन्द हड्तालका कारण देशभरको जनजिवन प्रभावित भएको छ । पुर्व, पश्चिम तथा तराईका क्षेत्रहरुमा विगत देखी नै वन्द हड्तालको मार खेप्दै आएका थिए भने आजदेखी राजधानीलगायतका देशका अन्य क्षेत्रहरुमा पनि वन्द आह्वान गरीए पछि देशभरको जनजिवन प्रभावित भएको हो ।
वाहुन,क्षेत्री, दसनामी सहितको संघर्ष समितिले आजदेखी अनिश्चितकालीन नेपाल बन्दको आह्वान गरे पछि विहानै देखी राजधानीका विभिन्न स्थानहरुमा प्रर्दशन गरीएको छ भने बन्द सफल पार्न आन्दोलनकारीहरु सक्रिय रहेका छन् । बन्दको कारण राजधानी लगायत देशका प्रमुख शहर वजार वन्द भएका छन । वन्दका कारण यातायात, पसल तथा शिक्षा लगायतका क्षेत्रहरु प्रभावित भएका छन् ।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि भन्दै संयुक्त संघर्ष समितिले अह्वान गरेको नेपाल बन्दले आज विभिन्न देशभरको जनजीवन प्रभावित भएको हो । क्षेत्री, ब्राम्हण, दसनामी, सन्यासी, ठकुरी, दलितलगायतलाई आदिवासीमा सुचीकृत गर्नुपर्ने माग गर्दै समितिले अनिश्चितकालका लागि नेपाल बन्द आह्वान गरेको हो । समितिले विभिन्न स्थानमा बसोबास गर्दै आएका जातिको पहिचान सहितको अधिकार सुनिश्चित हुनुपर्ने पनि माग राखेको छ ।
सरकारसँग वैशाख २९ गते भएको वार्तामा जेठ ३ गने भित्र मागको मागको सुनुवाइ गर्ने र उनीहरुलाई आदिवासीमा सुचिकृत गर्ने मैखिक सहमति गरेको भएपनि मागको संवोधन नगरेको भन्दै बन्द गर्नुपरेको ठकुरी महासंघका अध्यक्ष मोहनविक्रम साहले जानकारी दिए ।
त्यस्तै छुट्टाछुट्टै दुई जातीय सङ्गठनले आज आह्वान गरेको बन्दका कारण चितवनको जनजीवन थप प्रभावित बनेको छ । जातीय राज्यको माग गर्दै थारूसंयुक्त सङ्घर्ष समितिले चार दिनदेखि गरेको तराई बन्दले जिल्लाको जनजीवन प्रभावित भइरहेको थियो ।
सोही क्रममा राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि सयुक्त सङ्र्घष समितिले आजदेखि आह्वान गरेको अनिश्चितकालीन आमहड्तालका कारण जिल्लावासी थप त्रसित बनेका छन् । बुधबार साँझ बन्द आयोजक जातीय संस्थाहरु र स्थानीय प्रशासनका बीचमा संयमित भएर आ–आफ्ना कार्यक्रम अघि बढाउने सहमति भएको छ । बन्द आयोजकहरुले सडक प्रदर्शन नगर्न सहमति जनाएका छन् ।
बन्दका कारण लामो तथा छोटो सवारीका साधन चलेका छैनन् । यसअघि नै जिल्लाका शिक्षण संस्थाहरु १५ दिनका लागि बन्द गरिएका छन् । उद्योग, कलकारखाना र बजार पनि ठप्प भएका छन् ।
अर्कोतर्फ अखण्ड सुदूरपश्चिम पक्षधरले २० दिनदेखि जारी आन्दोलन फिर्ता लिएपनि कञ्चनपुर कैलालीको जनजीवन सामान्य बन्न सकेको छैन् । अखण्ड सुदूरपश्चिमको आन्दोलन चर्केसँगै जातीय राज्यको माग गर्दै आएको संयुक्त थारु संघर्ष समितिले आह्वान गरेको बन्दका कारण यस क्षेत्रको जनजीवन कष्टकर छ ।
संयुक्त थारु संघर्ष समितिपनि कञ्चनपुरदेखि नवलपरासीको भुभागलाई जातीय पहिचानका आधारमा थारुवान÷थरुहट प्रदेश बनाउने पर्ने माग अघि सारेर आन्दोलन गरिरहेको छ । कञ्चनपुर र कैलालीलाई थरुहट÷थारुवान प्रदेशमा राख्नुपर्ने मागसहित संघर्ष समितिले गरेको बन्दका कारण सार्वजनिक यातायातका साधनहरु चल्न नसकेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बन्दका कारण सवारी साधनहरु नचलेपछि भारतीय सहरमा मजदुरी गरेर घर फर्केका सर्वसाधारणहरु महेन्द्रनगर र धनगढीमा अलपत्र परेका छन् ।

No comments:

Post a Comment