Tuesday, May 8, 2012

संघीयताको टुङ्गो लगाउने चार दलको कसरत असफल

राज्य पुनर्संरचना अन्तर्गत संघीयताको विषयलाई राति अबेरसम्म भए पनि आजै टुङ्गोमा पुर्‍याउन प्रमुख तीन दल र मधेसी मोर्चाबीच चलिरहेको कसरत बिना निश्कर्ष टुङ्गिएको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएका छन्। बैठकस्थलबाट बाहिरिएका एमाले नेता माधव नेपालले भोलि पुनः बस्ने गरी बैठक बिना निश्कर्ष टुङ्गिएको बताए। यसअघि आज ६ देखि ९ प्रदेशसम्ममा सहमति हुनसक्ने एमाले नेता भीम रावलले बताएका थिए।
एमाले नेताहरु संविधान सभातर्फ (2012-05-08 19:23:24)
विशेष समिति सचिवालयको कार्यालय नयाँ बानेश्वरमा भइरहेको वार्ताका क्रममा अहिले एमाले नेताहरु पार्टीको अलग्गै बैठक गर्न संविधान सभा भवनमा गएका छन्।

No comments:

Post a Comment