Tuesday, May 8, 2012

स्वायत्त मधेस चर्काउने संकेत

काठमाडौं, वैशाख २६ - राज्य पुनर्संरचनामा प्रमुख तीन दल सहमति नजिक पुगेका बेला मधेसी दलहरुले स्वायत्त मधेस एक प्रदेश चर्काउने संकेत गरेका छन् ।
सरकारमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्वायत्त मधेस प्रदेशको मुद्दामा पछि नहट्ने निष्कर्ष निकालेको छ । ‘मधेसको भूगोललाई अन्य भूगोलसँग मिलाउने गरी हुने राज्य पुनर्संरचना हामीलाई स्वीकार्य छैन,’ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का महासचिव जितेन्द्र देवले भने, ‘तराईको भूगोल तराईमै रहनुपर्छ, सिमानामा तलमाथि हुँदैन ।’
मोर्चाले स्वायत्त मधेस प्रदेश अन्तरिम संविधानमासमेत उल्लेख भइसकेकाले कुनै पनि विकल्प स्वीकार नगर्ने निर्णय गरेको छ । ‘यो हाम्रो बटमलाइन हो,’ उनले भने ।
एमालेले बखेडा निकाल्यो
मोर्चाले पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेपछि एमालेले बखेडा निकालेर सरकारमा सहभागी नभएकोमा आपत्ति जनाएको छ । ‘एमालेले सरकारमा जान बखेडा निकाल्यो,’ नेता देवले भने, ‘मधेसी मोर्चा सहमति प्रक्रियाको स्पिरिटमा साथ दिन एमालेलाई आग्रह गर्दछ ।’

No comments:

Post a Comment