काठमाडौं, जेष्ठ ६ - प्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादवमाथि शनिबार आक्रमण भएको छ ।
राजधानीको थापागाउँमा बा ५ च २९०४ नम्बरको सान्ट्रो गाडीमा चढेका परिचय नखुुलेका एक व्यक्तिले यादवमाथि कुटपीट गरेका हुन् । ईन्जिनियर ईन्द्रभूषण यादवलाई ठक्कर दिएपछि ‘चलाउन आउँदैन’ भनेलगत्तै नजिकै गाडी रोकेर यादवमाथि आक्रमण भएको हो ।
‘ईन्जिनियरजीको खुट्टा गाडीले चेपिदियो,’ माओवादी केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘मैले गाडी चलाउन आउँदैनमात्रै के भनेको थिएँ गाडीबाट उत्रेर पकापक हिर्काउन थाल्यो ।’ यादवमाथि कुटपीट भएपछि गाडी फरार छ । उनले गाडी नम्बर र घटना विवरण प्रहरीलाई टिपाएका छन् ।
प्रकाशित मिति: २०६९ जेष्ठ ६ ०४:५३
No comments:
Post a Comment