Sunday, July 1, 2012

एभरेष्ट बैंकभित्रबाट अढाई लाख लुटियो

दिनेश गौतम, नेपालगन्ज, असार १७- कोहलपुरस्थित एभरेष्ट बैंकको शाखा कार्यालयमा रकम जम्मा गर्न लाग्दा रझेनाका सन्तोष भुसालको आइतबार बिहान अढाई लाख रुपैंयाँ लुटिएको छ। प्लाष्टिकको झोलामा रकम राखेका भुसालले बैंकभौचर भर्दै गर्दा अचानक बैंक भित्र पसेका लुटेराको समूहले खोसेर लगेको प्रहरी नायब उपरिक्षक उदयकुमार तामाङले बताए।
प्रहरीले बैंकका सुरक्षा गार्डसँग सोधपुछ गरिरहेको छ। लुटेराको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

No comments:

Post a Comment