२४ माघ, काठमाण्डौं । विद्यार्थीबाट करिब ८ करोड उठाएर फरार मदरल्यान्ड
च्यारिटेवल फाउन्डेसन नेपाल र एक्टिभ इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका
सञ्चालक पक्राउ नपर्दा उनीहरुमार्फत चीनमा एमबीबीएस र एमडी पढ्न गएका ७०
जना विद्यार्थी बिचल्लीमा परेका छन् । उठाएको शुल्क सम्बन्धित कलेजमा
नपठाई ठगी गरेपछि ५ बर्षका लागि चिकित्साशास्त्र अध्ययन गर्न गएका
विद्यार्थीको बिचल्ली भएको हो ।
फाउन्डेसनले आंशिक छात्रवृत्ति भन्दै एमबीबीएस अध्ययनका लागि १२ लाख र
एमडीका लागि ७ लाख ५० हजार रुपैयाँ लिएर चीनका विभिन्न मेडिकल कलेज
पठाएको थियो । संस्थाका सबै सञ्चालक अहिले फरार रहेको खबर कान्तिपुर
दैनिकले छापेको छ ।
कालिमाटीस्थित फाउन्डेसनको कार्यालयमा प्रहरीले सिल गरेको छ ।
फाउन्डेसनमार्फत ठगिएका ५१ विद्यार्थीको परिचय खुलेको छ । पीडितहरुका
अनुसार ठगिने विद्यार्थी ७० भन्दा बढी रहेका छन् ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete