- भूमिसुधार कार्यालय बाराका प्रमुख जयकान्त झालाई कार्यकक्षमै आइतबार दिउँसो करिब दुई बजे एक समूहले कालो मोसो दलेको छ । उक्त समूहले कार्यकक्षमै पसेर कालो मोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
४/५ जनाको संख्यामा आएका व्यक्तिहरूले आफूहरू नेकपा माओवादीको कार्यकर्ता हौं पार्टीका लागि चन्दा दिनु पर्यो भन्दै कार्यालय प्रमुख झा उपर एक्कासि कालो मोसो खन्याए प्रत्यक्षदर्शी मेवालाल पटेलले बताए ।
कार्यालय प्रमुख झा सेवाग्राही, कानुन व्यवसायी लगायतसँग कार्यकक्षमा छलफल गरीरहेको अवस्थामा अचानक यस्तो भएको उनले बताए ।
कार्यालय प्रमुख झाले भने, ‘मलाई यसरी किन कालो मोसो दलेका हुन थाहा छैन ।’ कार्यकक्षमा बसेको बखत आफूलाई माओवादीको कार्यकर्ता बताउँदै उनीहरू जिउमा कालोमोसो फालेको उनले बताए ।
कालो मोसो जिउमा फालेर भाग्ने क्रममा म आफैं दौडेर उनीहरू मध्येका एक जनालाई समातेर प्रहरीको जिम्मा लगाएको उनले बताए ।
पक्राउ परेकाले आफू माओवादी मातृका समूहको कार्याकर्ता भएको र भ्रष्ट कर्मचारीलाई कारबाहीगर्ने पार्टीको केन्द्रीय कार्यक्रम अनुसार उनलाई कालो मोसो दलेको बताएका छन् ।
पक्राउ परेका कलैया ७ निवासी सन्तोष मुललाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरीले जनाएको छ । कालो मोसो दल्ने समूहका अन्य व्यक्ति भाग्न सफल भएका थिए ।
No comments:
Post a Comment