Tuesday, February 5, 2013

१ लाख ६५ हजारमा कुबेतमा बेचिन्छन् नेपाली चेली

२३ माघ, काठमाण्डौं । राहदानीमा आफ्नो हस्ताक्षर पनि गर्न नजान्ने
सिन्धुपाल्चोककी निमा डोल्मो तामाङको भर्खरै बनेको एमआरपी कपी अल
जहारस्थित जेनाव हसन अफिसमा आइपुगेको छ । ४६ बर्षकी निमा कुनै
एजेन्टमार्फत हाउसमेड कामका निम्ति कुवेत भित्रिने सुरसारमा छिन् ।
त्यसैले कुवेती मालिकको घरमा काम गर्न छनोटमा परिएला कि भन्ने आसमा उनले
पासपोर्टको कपी पठाएकी हनु् ।
ऋल जहाराको एउटै विल्डिङमा रहृका दर्जनभन्दाबढी हाउसमेड अफिसमा निमाजस्तै
सयौं नेपाली महिलाको पासपोर्ट बपी वेटिङमा छ । कुवेती घर मालिकले त्यो
पासपोर्ट हेरेर आफूले खोजे अनुसारको खद्दामा (घरेलु कामदार) को उमेर,
अनुभव र अरु विवरणमा चित्त बझाए मात्रै मालिकबाट भिसाको काम सुरु हुन्छ ।
मन परेकी केटीको मोलतोलसँगै थोरै 'बैना रकम' पनि अफिसमा बुझाइएको हुन्छ ।
र, केही महिनामा केटी आएपछि हुने छिनोफानो स्पोन्सर (अरबी मालिक)ले त्यो
कामदारको अन्तिम मूल्य तोक्ने गरेको छ । 'नेपाली केटीका लागि हामीले
औसतमा ५५० कुवेती दिनार अथात एक लाख ६५ हजार रुपैयाँमूल्य पाउने गरेका
छौं,' हाउसमेड अफिस सञ्चालनगरेर बसेका म्यानपावर व्यवसायी बमबहादुर
पुलामीले सुनाए । यसरी पहिलो पटक आएका महिला कामदारको मासिक ६० केडी र
अनुभवी भए ७० केडीसम्म तलब पाउने गरेका छन् ।
कान्तिपुरमा छापिएको समाचार अनुसार हाउसमेडको मूल्य कति भन्ने कुार
पासपोर्टमा केटी छनोट भएपछि भिसा प्रोसेस गर्दा नै छिनोफानो हुने गरेकेा
छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete