Tuesday, February 5, 2013

बाँदरलाई बाली कुर्न दिएर गल्ती भो : ओली

२३ माघ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत
माओवादीलाई लोकतन्त्रको जिम्मा दिएर कांग्रेस-एमालेले पनि गल्ती गरेको
बताउनुभएको छ ।सरकार बिरुद्ध आन्दोलनको क्रममा मंगलबार कैलालीको धनगढीमा
भएको आमसभालाई सम्बोधन गर्दै ओलीले एमाओवादीबाट लोकतन्त्रको रक्षा हुनै
नसक्ने बताउनुभयो ।
'माओवादीले लोकतन्त्रको रक्षा गर्नु भनेको बाँदरले बाली जोगाउनुजस्तै हो'
ओलीले व्यंग्य गर्दै भन्नुभयो-'बाँदरलाई बाली कुर्ने जिम्मा दिएर
कांग्रेस-एमालेबाट पनि गल्ती भयो ।' सम्बोधनको अधिकाँश समय माओवादीको
बिरोध गरेका ओलीले उसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन
नसक्ने दावी गर्नुभयो । ओलीले सडक आन्दोलनको बलबाटै सरकार ढाल्ने पनि
बताउनुभयो ।
एमाओवादीको जारी महाधिवेशनले सहमतिको कुनै सूत्र ल्याउन नसक्ने ओलीले
दावी गर्नुभयो । 'नेतृत्व उही हुने हो, सरकारमा उसैगरी हालीमुहाली गर्न
खोज्ने हो' ओलीले भन्नुभयो-'पछाडि बस्ने कुर्सी, अगाडि खाने थाल, अघिपछि
जताबाट पनि फाइदा खोज्नेहरुबाट सहमतिको के आशा गर्ने ?' माओवादीले भनेको
उत्पादनको नीति मोहन बैद्यसित दोहोरी खेल्नु बाहेक अरु केही नभएको
ओलीलेटिप्पणी गर्नुभयो । 'बिद्रोह भनिरहेको नेकपा-माओवादीलाई टक्कर दिन
ल्याएको गफ मात्रै हो, अरु केही होइन' ओलीले भन्नुभयो ।
सभालाई सम्बोधन गर्दै कांग्रेस नेता डा. रामशरण महतले पनि एमाओवादीको
उत्पादन नीति गफ मात्रै भएको टिप्पणी गर्नुभयो । 'उद्योगधन्दा तहसनहस
बनाउने र खेतीयोग्य जमीन कब्जा गर्नेहरुले कसरी उत्पादन गर्न सक्छन्'
महतलेआरोप लगाउँदै भन्नुभयो-'उत्पादन भनेको मात्रै हो, केही हुँदैन ।'
उहाँले देशलाई यो अवस्थामा ल्याउन माओवादी दोषी भएको भन्दै वर्तमान सरकार
नहटाउँदासम्म मुलुकले निकास नपाउने दावी गर्नुभयो ।
वर्षाका कारण आमसभा ढिलो गरी शुरु भएको थियो । सभाअघि धनगढीका बिभिन्न
ठाउँबाट जुलुस प्रदर्शन गरिएको थियो । एकीकृत माओवादी नेतृत्वको वर्तमान
सरकार सहमतिको बाधक भन्दै विपक्षी दलहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले सडक आन्दोलनकै बलमा वर्तमान सरकार ढालेर राष्ट्रिय सहमतिको
सरकार गठन गर्ने दावी गर्दै आएका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete