Sunday, July 1, 2012

यार्सा गुम्बाको विषयलाई लिएर राप्रपाले माओवादी कार्यकर्ता कुटे

कमल थापा, रुकुम, असार १७- बहुमूल्य हिमाली जडिबुटी यार्सा गुम्बाको विषयमा एकृकीत नेकपा माओवादी र राप्रपा युवाबीच भएको विवाद झडपमा परिणत भएपछि डोल्पामा तीन जना माओवादी कार्याकर्तागम्भीर घाइते भएका छन्। राप्रपाको कुटाईबाट डोल्पा सहरतारा-३ का एमाओवादी जिल्ला सदस्य २५ वर्षीय कामी बुढा, एरिया सदस्य २३ वर्षीया मलम बुढा र एरिया सदस्य २२ वर्षीय चन्द्रबहादुर बुढा गम्भीर घाइते भएको डोल्पा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुधन खडकाले जानकारी दिए।
टाउको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनीहरुको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। डोल्पादेखि काठमाडौंका लागि ४ लाख हेलिकप्टर भाडा तिरिएको हो। शनिबार डोल्पाबाट उडेको हेलिकप्टर प्रतिकूल मौसमका कारण रुकुमस्थित सल्ले विमानस्थलमा अवतरण गरिएको थियो।
आइतबार बिहान रुकुमदेखि उनै घाइते बोकेर उडेको हेलिकप्टरप्यूठानमा पनि आकश्‍मिक अवतरण गरिएको थियो। डोल्पाबाट उडेको माउन्टेन एयरको हेलिकप्टर रुकुम र प्युठानमा आकश्‍मिक अवतरण गरिएको हो।
शनिबार यार्सागुम्बा टिपेर घर फर्कदै गर्दा बाटोमा एक्कासी राप्रपाका कार्यकर्ताले आफूहरुलाई धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको घाइतेले बताए। घाइतेहरुको केही समय जिल्ला अस्पताल सल्ले रुकुममा उपचारभएको थियो। राप्रपाका कार्यकर्ताले पुथा माउण्टेन युवा क्लब गठन गरेर चन्दा मागेर आतंकित वनाएपछि विवाद भएको घाइते कामी बुढाले बताए। कुटपिटमा संलग्न भएको आरोपमा डोल्पा प्रहरीले आइतबार एक दर्जन बढी राप्रपा कार्यकर्ता लगायतलाई नियन्त्रणमा लिएको छ।

No comments:

Post a Comment