Monday, February 4, 2013

प्रचण्डपक्ष धोबीघाटमा, बाबुराम चुनवाङमा

महाधिवेशनको राजनीतिक प्रतिवेदनमा विवादै विवाद
२२ माघ काठमाडौं । जनयुद्धको बाटो छाडेर नयाँ तरिकाले अघि बढ्ने भन्दै
एमाओवादी अध्यक्ष प्रचण्डले तयार पार्नुभएको राजनीतिक प्रतिवेदनमाथि
सोमबार दिनभर महाधिवेशन प्रतिनिधिहरुले समूहगत छलफल गरेका छन् । पुरानो
कार्यदिशा छाडेर नयाँरुपमा अघि बढ्नेप्रचण्डको प्रस्तावमाथि कार्यकर्ताले
सोमबार गम्भीर प्रश्न उठाएका छन् ।
अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार दस्ताबेज माथिको समूहगत छलफलमा
प्रचण्ड पक्षका कार्यकर्ताहरुले धोबीघाट प्रकरणबारे दस्ताबेजमा प्रष्ट
पार्न माग गरेका छन् । बाबुराम भट्टराई पक्षका कार्यकर्ताले भने
फुन्टीबाङदेखि चुनबाङ बैठकसम्मको स्पष्ट मूल्यांकन गर्न र विगतमा बाबुराम
भट्टराईमाथि भएको कारवाहीबारे दस्तावेजमा लिखित आत्मालोचना गर्न माग
गरेकाछन् ।
'बाबुरामलाई कारवाही गरिएको विषय किन समेटिएन भन्ने बाबुराम पक्षको
गुनासो छ भने धोबीघाट प्रकरणबारे दस्ताबेज मौन भएकोमा प्रचण्डपक्षले
प्रष्ट पारिनुपर्ने माग गरेका छन् ।', महाधिवेशनका सहभागी प्रतिनिधिले
अनलाइनखबरसँग भने- 'उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहका कार्यकर्ताले
चाहिँ दस्तावेजमा बिप्पा सम्झौताबारे केही उल्लेख नगरिएकोमा प्रश्न
उठाएका छन् । उनीहरुले माओवाद हटाएर माओ विचारधारा राख्न झिनो रुपमा भए
पनि आवाज उठाएका छन् ।' साथै नेपाललाई अर्ध औपनिवेशिक र अर्ध सामन्ती
भन्नुपर्नेलगायतका विषयमा पनि केहीले आवाज उठाए ।
के-के विषयमा भयो विवाद ?
त्यसैगरी नेपालको सीमानाबारे जनमत संग्रह गर्ने भन्ने पदावली दस्तावेजमा
उल्लेख गरिएकोप्रति कार्यकर्ताले आपत्ति जनाएको अर्का एक महाधिवेशन
प्रतिनिधिले अनलाइनखबरलाई जानकारी दिए । 'भ्रष्टाचार र अनियमितताबारे
छानविनसहितको प्रतिवेदन पेश गर्न विशेष गरी जनसेनाका साथीहरुले माग
गर्नुभएको छ । नयाँ उत्पादन सहकारीसम्बन्धी प्रस्तावलाई कालोधन सेतो
बनाउने प्रयास त होइन ? भन्दै केही प्रतिनिधिले प्रश्न उठाएकाछन् ।'-
छलफलमा सहभागी एक प्रतिनिधिले अनलाइनखबरसँग भने-'भारतीय विस्तारवाद
हटाइएको, जनयुद्धको मूल्यांकनमा कम ध्यान दिइएको, युद्धमा जनसेनाको
योगदानको उल्लेख नगरिएको, सहीद, घाइते एवं वेपत्ता परिवारको उचित
मूल्यांकन नगरिएको जस्ता गुनासाहरु पनिकार्यकर्ताले गरेका छन् ।'
हिमाल, पहाड र मधेसलाई छ्यासमिस पारेर बनाइएका विभिन्न ६१ समूहमध्ये
अर्काे एक समूहका प्रतिनिधिले अनलाइनखरसँग भने- 'दस्तावेजमा पछि पार्टी
प्रवेश गरेका र जनयुद्धमा कुनै योगदान नगरेकाहरुको प्रशंशामा धेरै शब्द
खर्च गरिएको भन्दै त्यो प्रशंसा दस्ताबेजबाटै हटाउन साथीहरुले माग
गर्नुभएको छ ।'
अर्को समूहका एक प्रतिनिधिले दिएको जानकारी अनुसार प्रचण्डको दस्तावेज
सरकारी बजेट कार्यक्रमजस्तो भएको भन्दै केही कार्यकर्ताले प्रश्न उठाएका
थिए । 'विभिन्न विकासे कार्यक्रमको लामो विवरण राखिएकाले दस्ताबेज बजेट
वा चुनाबी घोषणापत्रजस्तो देखिएको छ । यसले पार्टीलाई दक्षिणपन्थी
दिशातिर लैजान्छ ।' स्रोतले भन्यो-'उत्पादन बृगेड बनाउने भनिए पनि शहरका
कार्यकर्ता गाउँमा गएर उत्पादनमा भाग लिँदैनन्, त्यसैले यो कार्यकर्ता
अल्मल्याउने मेलोमात्रै बन्न सक्छ ।'
कतिपय कार्यकर्ताले भने प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनले सहजै
समाजवादी क्रान्तिसम्म पुर्‍याउने दाबी गरेका थिए ।
यसमा तपाइको मत

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete