Tuesday, November 19, 2013

संविधानसभाका लागि मतदान शुरु, कहाँ के-के हुँदैछ ? (अपडे

४ मंसिर, काठमाडौं । संविधानसभाका लागि आज बिहान ७ बजेदेखि देशभरिका १०
हजार १३ वटा मतदान केन्द्रहरुमा एकसाथ मतदान शुरु भएको छ । मतदानका
क्रममा देखिएका देशभरिका घटनाबारे अनलाइनखबर अपडेट :
सुशील कोइरालाद्वारा आफैंलाई मतदान
कांग्रेस सभापति सुशील कोइरालाले बाँकेबाट मतदान गर्नुभएको छ । सभापति
कोइरालाले विहान ७ बजेर १६ मिनेटमा आफैंलाई मतदान गर्नुभएको छ ।
संविधानसभाको निर्वाचनमा मतदान गर्न विहानै बाँके क्षेत्र नं. ३ स्थित
मतादन केन्द्रमा पुग्नुभएको हो । बाँके क्षेत्र नं. ३ स्थित मतदान
केन्द्रमा विहान ७ बजे नै पुग्नुभएका सभापति कोइरालाले मतदानका लागि १०
मिनेटसम्म उभिनुपरेको थियो ।
यसरी हुँदैछ मतदान
निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मतदानको
समय विहान ७ बजेबाट साँझ ५ बजेसम्म तोकिएको छ । प्रत्यक्षतर्फ २ सय ४०
सिटका लागि ६ हजार १ सय २७ र समानुपातिकमा ३ सय ३५ सिटमा १० हजार ७ सय ९
गरी १६ हजार ८ सय ३६ उम्मेदवार चुनावी मैदानमा छन् ।
देशभर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेका छन् । जसमा ५९ लाख ८०
हजार ८ सय ८१ पुरुष, ६१ लख ६६ हजार ८ सय २९ महिला तथा १ सय ५५ तेस्रो
लिङ्गी छन् । १० हजार १३ मतदान स्थाल छन् भने १८ हजार ४ सय ५६ मतदान
केन्द्र छन् । यस्तै ३ सय ३६ अस्थायी मतदान केन्द्र राखिको छ ।
प्रत्यक्षतर्फ हल्का नीलो र समानुतिकका लागि हल्का रातो मतपत्र छ ।
मतदाताले मतदान केन्द्रमा रहेको मतसंकेत गर्ने गोप्य कक्षमा गई मतपत्रमा
स्वस्तिक चिह्न लगाएर मतदान गर्नुपर्छ । मतदान गर्न जाँदा आयोगले उपलब्ध
गएको मतदाता परिचय पत्र वा नागरिकता, लाइसेन्स, राहदानी लगायतका
परिचयपत्र चाहिन्छ । महिला र पुरुषका लागि छुट्टा–छुट्टै लाइनको व्यवस्था
गरिएको छ । निर्वाचन आयोगले अशक्त, अपाङ्गता भएका, सुत्केरी र ज्येष्ठ
नागरिकलाई मतदान केन्द्रसम्म पुग्न सघाउन राजनीतिक दल र उम्मेदवारहरुलाई
आग्रह गरेको छ ।
निर्वाचन आयोगले मतदान स्थलहरुमा मोवाइल, क्यामरा जस्ता विद्युतीय
उपकरणहरु लैजान प्रतिवन्ध लगाएको छ । विहान ५ बजेबाट मध्यरात १२ बजेसम्म
अनुमति लिएका बाहेकका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ ।

No comments:

Post a Comment