Tuesday, September 3, 2013

तलब नपाएका १५ सय कामदार कतार दुतावासमा

१८ भदौ, दोहा । कतारस्थित आफूले काम गर्ने कम्पनीलेपारिश्रमिकलगायत
विषयबाट बञ्चित गरेपछि १ हजार २ सय कामदारले नेपाली दूतावास गुहारेका छन्

आफ्नो कम्पनीले तलब नदिएको र खाना पनि स्वास्थ्यकर नभएको भन्दै काम
छाडेका मजदुरमाथि धरपकड भएपछि उनीहरुले नेपाली दूतावास गुहारेका हुन् ।
नेपाली मजदुरले आफ्ना समस्याको सुनुवाई हुनुपर्ने माग राखेर शनिबारदेखि
काम छाडेका थिए । व्यवस्थापनले वार्तामा आउन मजदुरलाई बोलाएर पाँचजनालाई
गिरफ्तार गरेपछि नेपाली कामदार आक्रोशित भएका हुन् ।
मजदुर टोली आइतबार दूतावास पुग्दा आन्दोलनमय बनेको कान्तिपुर दैनिकमा खबर
छ । १२ ठूला बसमा खचाखच भरिएका नेपाली कामदार सरासर दूतावास परिसरभित्र
छिर्दा दुईतले दूतावास भवन एकैछिनमा भरिएको थियो । जहाँ पाइला राख्ने
ठाउँनैथिए ।
भीडमा परिचयपत्र नभएका , ६ महिनासम्म तलब नपाएका, घर जान नपाएका, घरमा
बाबुआमा बित्दा समेत र्फकन नपाएका, समयमा उपचार नपाएका पीडितहरु थिए । '१
हजार ५ सय जना कामदार आफ्नो गुनासो राख्न आएका हौं,' भीडको अग्रपंतिमा
देखिएका कृष्णकुमार तिमिल्सिनाले भने, 'हामीमाथि अन्याय भयो ।'

No comments:

Post a Comment