Wednesday, July 17, 2013

नेपालका पाँचवटा गाविसमात्रै साक्षर !

२ साउन, कपिलवस्तु । निरक्षरता उन्मुलनका लागि बर्सेनि करोडौं रुपैयाँ
लगानी हुँदै आए पनि अहिलेसम्म देशभरिमा जम्माजम्मी पाँचवटा गाउँ विकास
समितिमात्रै साक्षर गाविस घोषणा भएका छन् ।
साक्षर गाविस घोषणा गरिएका ती पाँचवटा गाविसमा सबै जना साक्षर छैनन् ।
रोजगारीका लागि बाहिरिएका, भारत गएका, आँखा कम देख्ने, लेख्दा हात
काम्ने, बिरामीलगायतका व्यक्ति बाहेक ९५ प्रतिशत भन्दा बढी साक्षर भएपछि
साक्षर गाविस घोषणा गरिएका हुन् । हालसम्म कपिलबस्तुको बुड्डी गविस र
हतौसा गाविस तथा चितवनको गीतानगर, शिवनगर र शारदानगर गाविसलाई साक्षर
घोषणा गरिएको छ ।
सरकारले बितेको पाँच बर्षमा साक्षरता अभियानका लागि भनेर चार अर्ब नौ
करोड २९ लाख रुपैयाँ खर्च गरिसकेको छ । यस अवधिमा झन्डै साढे ४६ लाख
व्यक्तिलाई साक्षर बनाइएको दाबी गरिएको खबर बुधबार
प्रकाशितगोरखापत्रदैनिकमा खबर छ ।
सरकारले आर्थिक बर्ष २०६५/६६ मा दुई बर्षभित्र निरक्षरता उन्मूलन गर्ने
भनेर अभियान सञ्चालन गरेको थियो ।

No comments:

Post a Comment