Wednesday, July 17, 2013

राष्ट्रसंघ, मलेसिया र यूएईका दूतावासमा नेपाल प्रहरी खटाइने

२ साउन, काठमाण्डौं । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ, मलेसिया
र खाडी मुलुकमा रहेका नेपाली दूतावासमा प्रहरी सहचारी राख्न प्रस्ताव
गरेको छ । प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई गृहमन्त्रालयले स्वीकृति
दिएपछि परराष्ट्रले न्युयोर्कस्थित राष्ट्रसंघीय सचिवालय तथा मलेसिया र
संयुक्त अरब इमिरेट्स सरकारलाई पत्राचार गरी औपचारिक आग्रह गरेको हो ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले सहचारी प्रस्तावमा
राष्ट्रसंघ र सम्बन्धित देशबाट स्वीकृति आए सुरक्षा कूटनीतिमा सफलता
हासिल हुनसक्ने बताएको कारोबार दैनिकमा खबर छ ।
चार बर्षअघि सरकारले पहिलो पटक भारतस्थित दिल्ली दूतावासमा नेपाल
प्रहरीको सहचारी डेस्क गठन गरेको थियो । प्रहरीले राष्ट्रसंघमा प्रहरी
सहचारी राख्दा शान्ति मिसनमा कार्यरत नेपाल प्रहरीको कार्यसम्पादन तथा
अन्य नीतिगत निर्णय तथा छलफलमा सहयोग पुग्ने जनाएको छ ।
प्रहरी सहचारी नहुँदा राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ नेपाल प्रहरी र
सशस्त्र पैहरी बलको जिम्मेवारी, भूमिका र मूल्यांकलगायत द्विपक्षीयवार्ता
तथा छलफलका विषयमा नेपाली सेनाले समन्वय गर्दै आएको छ ।

No comments:

Post a Comment