Thursday, July 4, 2013

चुनाव बहिस्कार निर्णय आत्मघाती हुने नेताहरुको चेतावनी

काठमाडौं — मुख्य दलका नेताहरुले चुनाव बहिष्कार गर्ने नेकपा-माओवादीको
निर्णय आत्मघाती हुने चेतावनी दिएका छन्। आत्मघाती निर्णय फिर्ता लिन
आग्रह गरेका नेताहरुले मन्त्रिपरिषद अध्यक्षलाई प्रधान न्यायाधीशबाट
राजीनामा गराएर भए पनि माओवादी चुनावमा ल्याउनु पर्ने धारणा राखे।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्करमा एमाले नेता
भरतमोहन अधिकारीले निर्वाचन बहिष्कारले देश र लोकतन्त्रलाई घाटा
पुर्याउने भन्दै जनप्रतिनिधि छान्ने कुरामा दलहरुबीच मतभेद हुनु नहुने
धारणा राखे। अधिकारीले बैद्यको माग पुरा गरेर निर्वाचनमा ल्याउन चार दल र
सरकार लचिलो हुनु पर्ने भन्दै आवश्यक परे मन्त्री परिषद अध्यक्षद्धारा
प्रधानन्यायाधिस पदबाट राजिनामा, राजनीतिक समिति परिमार्जन र सभासदको
संख्या ६०१ बनाउन पनि लचिलो हुनुपर्ने बताए। 'मुल मुद्दा चुनाव भएकोले
चुनाव गर्न हदैसम्म लचिलो हुनुपर्छ', उनले भने।
एमाओवादी नेता वर्षामान पुनले निर्वाचन बिथोल्ने नेकपा–माओवादीका निर्णय
आत्मघाती हुने भन्दै त्यसमा पुर्नविचार गर्न सुझाव दिए। मुलुकमा
अप्ठ्यारो अवस्था बनाएर लक्ष्य पुरा गर्ने, जनयुद्धको जगमा जनविद्रोह
गर्ने उनीहरुको सिद्धान्त गलत भएको भन्दै नेता पुनले जनयुद्धको जगमा
जनविद्रोह अहिले सम्भव नरहेको स्पष्ट पारे ।
नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले चुनावबाट निकास निकाल्नेमा
नेकपा–माओवादी बाहेकका दलहरु सहमतिमा रहेको जानकारी दिदै बैद्यलाई पनि
निर्वाचनमा ल्याउन लचक भएर प्रयत्न गर्नु पर्ने बताए ।
राप्रपा नेता प्रकासचन्द्र लोहनीलेसबै पक्षलाई सहभागी हुने वातावरण नबनाई
जवरजस्ती गरिने निर्वाचनपछि संविधानसभाको वैधानिकतामै प्रश्न उठने भन्दै
सबै पक्षलाई निर्वाचनमा ल्याउन प्रयत्न गर्न आग्रह गरे।
उनले निर्वाचनको बातावरण बनाउन गैरसंबैधानिक भूमिगत गिरोध उच्चस्तरीय
राजीतिक समितिको खारेजी, प्रधानन्यायाधिस पदबाट राजिनामा गर्नु पर्ने
भन्दै त्यसो गरे मोहन बैद्य समूहलाई निर्वाचन बहिस्कार गर्न अप्ठ्यारो
पर्ने उल्लेख गरे। source nagariknews.com

No comments:

Post a Comment