Friday, July 19, 2013

मकैबारीमा गएका वृद्धको करेन्ट लागेर मृत्यु

पर्वत- ढलेको पोलबाट करेन्ट लाग्दा शुक्रबार एक जनाको मृत्यु भएको छ।
मकैबारीमा ढलेको पोलको नजिक पुग्दा करेन्ट लागेर चुवा–५ का ६५ वर्षीय
टीकाराम पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेको खबरपछि
प्रहरी पुग्दा मृत्यु भइसकेको प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले बताए।
'खबर पाउदासाथ प्रहरी पुगेको थियो, मान्छेको ज्यान गइसकेको रहेछ,' उनले
भने, 'विद्युत काटेपछि शव निकाल्यौं।'
उनले पुरानो काठको पोल अबिरल पानीले भिजेर ढलेको बताए। विद्युत
प्राधिकरणलाई पोल ढल्नासाथ खबर गरेपनि ढिलो पुग्दा एक जनाले ज्यान
गुमाउनुपरेको स्थानीयले आरोप लगाएका छन्। बिहान १० बजे ढलेको पोलमा लाइन
काट्न तत्काल खबर गरेपनि विद्युत प्राधिकरण पर्वत शाखाको बेवास्ताले
पोखरेलको ज्यान गएको स्थानीय राजकुमार क्षत्रीले बताए।
'बिहान १० बजे नै पोल ढल्यो, मान्छे दुर्घटनामा पर्न सक्छन भनेर खबर
गरेका थियौं,' उनले भने, 'विद्युत प्राधिकरणका कर्मचारी दिउँसो २
बजेमात्रै आए।' प्राधिकरणका कर्मचारीलाइन काट्न आउदा पोखरेलको ज्यान
गइसकेको उनले बताए। ६/७महिनाअघि देखि नै उक्त पोल ढल्न लागेकोले परिवर्तन
गर्न पटक–पटकविद्युत प्राधिकरण पर्वत शाखामा गएर दबाब दिए पनि बेवास्ता
गर्दा मानवीय क्षति भएको उनले बताए।
यता विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख हरदेवप्रसाद
गुप्ताले भने प्राधिकरणको लापरबाहीले करेन्ट नलागेको दाबी गरे। 'पोल
बाटोमा ढलेको थिएन, मकैबारीमा ढलेको पोलको नजिक जानुपर्ने कारण थिएन,'
उनले भने, 'ढलेको पोल नजिक जानु नैगल्ती थियो।' उनले समयमा कर्मचारी
नपुगेको भन्ने कुरा पनि गलत भएको बताए।

No comments:

Post a Comment