Friday, July 19, 2013

रेग्मीले छुट्याए आफ्नै खेतलाई चक्रपथ बनाउने योजनासहितको ३५ लाख बजे

४ साउन, पाल्पा । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले
आफ्नो खेत रहेको माडीफाँट वरिपरि चक्रपथ बनाउन बजेट विनियोजन गराएका छन्

पोखराथोकको धोवादीमा घर भएकारेग्मीको माडीफाँटमा १८ रोपनी खेत छ ।
खेतैखेत मात्र भएको माडीफाँटमा पर्यटकीय पूर्वाधार वा बजार बस्न सक्ने
अवस्था छैन् । बर्षामा पूरै फाँट जलाम्य र हिँउँदमा पनि दलदले हुने
भएकाले सहरीकरणको सम्भावना नभएको स्थानीयबासीकोको भनाई छ । तर रेग्मी
नेतृत्वको सरकारले चक्रपथका लागि ३५ लाख रुपैयाँ छुट्याएको छ ।
माडीफाँट वरपरका सबै गाउँ समेट्ने गरी अन्नपात ओसार्न गाविसको बजेटबाटै
बाटो खनिसकिएको छ । ती वस्तीमा पुग्ने बाटो सुधारका लागि भने कुनै योजना
नै नपरेको कान्तिपुर दैनिकमा खबर छ । 'बरु गाविसबाट खनिएको बाटो
स्तरोन्नति गर्न सके फाइदा पुग्थयो,' पोखराथोकका रनबहादुर कुमालले भने,
'खेतैखेतमा चक्रपथ बनाउनुभन्दा पुरानै बाटोलाई राम्रो बनाउन बजेट खाँचो छ
।'
अध्ययन र डिजाइन बिनानै आयो योजना
कुनै अध्ययन र विस्तृत डिजाइनबिना नै माडीफाँटमा चक्रपथ खोल्ने भन्दै
बजेट बिनियोजन गराइएको हो । चक्रपथको सर्भे, डिवाइन, इस्टिमेट केही पनि
नबनेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख कर्णबहादुर रानाभाटले बताए ।
'बजेट छुट्याइएकाले सर्भे र सडक खन्ने काम यसै बर्ष सुरु गर्न सकिन्छ,'
उनले भने ।
माडीफाँट वरपर चक्रपथ बनाउनेभौतिक पूर्वाधार मन्त्रालयबाट प्रस्तावित
योजना होइन । बजेट भाषण सुनेपछि मात्र भौतिक पूर्वाधार मन्त्रालयका
अधिकारीले उक्त योजनाबारे थाहा पाएका हुन् ।

No comments:

Post a Comment