Wednesday, July 3, 2013

लोडसेडिङ आजदेखि दैनिक ५ घण्टामात्र

१९ असार, काठमाण्डौ । नेपाल बिद्युत प्राधिकरणले आजदेखि दैनिक ५
घण्टामात्र लोडसेडिङ गर्ने भएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका
अनुसार नयाँ तालिका आजैदेखि लागू हुनेछ ।
बिद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाइएको केन्द्रका प्रबन्ध
निर्देशक भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसारण
प्रणालीमा अझै ३ सय मेगावाट बिजुली अपुग छ ।
अहिले दैनिक १ हजार मेगाबाट बिजुली माग रहेको र भारतबाट आयत गरिएको १ सय
मेगावाटसमेत गरी जम्मा ७ सय मेगाबाट बिजुली आपूर्ति भइरहेको क्षेत्रीले
जानकारी दिनुभयो ।

No comments:

Post a Comment