Monday, July 1, 2013

चेलीबेटी बेचेको आरोपीलाई छुटाउन एमाओवादीको चक्काजाम

बर्दिया- इलाका प्रशासन कार्यालय घेर्ना गएका बाढी पीडित र प्रहरीबीच झडप
हुँदा दुई जना गम्भीर घाइते भएका छन्। ३० जना भने सामान्य घाइते भएको
प्रहरीले जनाएको छ। राहत वितरणमा लापरबाही गरेको भन्दै पीडितहरुले इलाका
प्रशासन कार्यालउ घेराउ गर्न गएको एक सहभागीले बताए।
झडप रोक्न प्रहरीले तीन सेल अश्रुँ ग्यास प्रहार गरेको थियो। गम्भीर
घाइते हुनेमा दौलतपुर-९, का रवि कठाएर र शान्ताराम चौधरी छन्। उनीहरु
दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
असार पहिलो साता आएको बाढीले बर्दियाका धेरै गाविसमा धनजनको क्षति
पुर्याएको थियो। त्यसमध्ये दौलतपुरका धेरै क्षति पुर्याएको थियो।

No comments:

Post a Comment