Tuesday, June 25, 2013

कोरिया जान नपाए प्राण त्याग गर्ने युवाहरुको धम्की

ईपीएस कार्यालय र श्रम मन्त्रालयमा तालाबन्दी गर्ने
११ असार, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान नपाए आमरण
अनासनमाबसेर प्राण त्याग गर्ने कोरियन भाषा (ईपीएस) परिक्षा उत्तिर्ण
यूवाहरुले घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना
गरि उनीहरुले नेपाल सरकारकै कारण आफुहरु कोरिया जानबाट बञ्चित भएको आरोप
लगाउँदै प्राण त्याग गर्ने सम्मको घोषणा गरेका हुन् ।
'हामी कोरियामा काम गर्न जान बञ्चित भएमा आमरण अनासन बसेर प्राण त्याग्न
तयार छौं' माधव नेपाल भन्नुभयो- 'नेपाल सरकारले हामीमाथी अन्याय गरेको छ
।' सरकारले आफुहरुलाई कोरिया जाने वातावरण बनाउन लागि कुटनीतिक पहल
गर्नुको सट्टा नयाँ परिक्षा लिने तयारी गरेको आरोप लगाउँदै उनीहरुले
आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
सन् २०११ मा लिइएको भाषा परिक्षामा १५ हजार ६ सय जना यूवाहरुलाई कोरियामा
रोजगारीमा रोजगारीका लागि योग्य ठहर गरेको थियो । योग्य ठहरिएका
यूवाहरुमध्ये अहिलेसम्म ८ हजार जना रोजगारीका लागि कोरिया पुगिसकेका छन्
। बाँकी ७ हजार ६ सय यूवाहरुको अझै कोरियन कम्पनीबाट एगि्रमेन्ट लेटर
आएको छैन् । एगि्रमेन्ट नआएकायूवाहरुले आफुहरु इपीएस पीडित भएको घोषणा
गर्दै आन्दोलनमा उत्रिएका छन् ।
'प्ाहिलाकै परिक्षामा भाषा परिक्षा उत्तिर्ण यूवाहरु कोरिया जना
नपाइरहेको अवस्थामा सरकारले पुनः ८ हजार२ सय जनाको नयाँ परिक्षा लिने
तयारी गरेको छ' उनीहरुले भने- 'सरकारले नयाँ परिक्षाको तयारी गर्दा
आफुहरु अन्यायमा परेका छौं ।' सरकारबाटै आफुहरु ठगिएको महशुस भएका कारण
आन्दोलनमा उत्रिनुपरेको सरोज ढकालले बताउनुभयो । सरकारले यहि अक्टोबर
महिनामा नयाँ परिक्षा लिने तयारी गरिरहेको छ ।
कोरियन भाषा परिक्षा पास गर्नु भनेको कोरियामा काम गर्न जान योग्य हुनु
हो । कोरियन भाषा पास गर्दैमा कोरियामा काम गर्न जान पाइन्छभन्ने हुँदैन्
। तर, भाषा परिक्षा पास गर्नेहरुले कोरियामा काम गर्न जान नपाएमाआन्दोलन
गर्ने धम्कि दिँदै आएका छन् । श्रम मन्त्रालयका एक अधिकारीका अनुसार
नेपालले चाहाँदैमा कोरियामा कामदार पठाउन सकिदैन् । कोरियन कम्पनीहरुले
कामदारको माग गरेमा मात्र भाषा परिक्षा पासगरेका यूवाहरुलाई कोरिया पठाउन
सकिने उनको भनाई छ ।
आफूहरुले समस्या समाधानको लागि श्रम मन्त्रीसँग पटक-पटक कुरा गर्न चाहे
पनि बेवास्ता गर।ेको तेज दाहालले बताउनुभयो । त्यस्तै, टिका श्रेष्ठले
कोरियामा रहेका अबैद्य नेपाली कामदारलाई नेपाल सरकारले फिर्ता ल्याएमा
बैद्य रुपमा आफूहरु सहित हजारौ नेपाली कोरिया जानसक्ने अवस्था रहेको दाबि
गर्नुभयो । तारा गुरुङले आफ्ना मागहरुको सुनवाई नभएमा ईपीएस कार्यालय र
श्रम मन्त्रालयमा तालाबन्दी गर्ने चेतावनी दिए । souce onlinekhabar.com

No comments:

Post a Comment