काठमाडौ, जेष्ठ २४ - सार्वजनिक सवारी साधनमा आरक्षण सिटमा महिलालाई
नराख्ने सवारी साधनमाथि प्रहरीले कारबाही सुरु गरेको छ । महिला
अधिकारकर्मी र ट्राफिक प्रहरी मिलेर पछिल्लो साता गरेको संयुक्त
चेकजाँचमा आरक्षित सिटको कार्यान्वयन नगरेका सार्वजनिक साधनलाई कारबाही
गरेको हो ।
जेठ १६ देखि एक सातासम्म राजधानीभित्र चल्ने १ सय७७ वटा सार्वजनिक
सवारीमाथि कारबाही गरेको हो । महाशाखाले 'लापरबाहीपूर्वक सवारी चलाएको'
भन्दै ती सवारी साधनसँग २ सय रुपैयाँ जरिवाना गरेको छ । यातायात व्यवस्था
ऐनको दफा १ सय ६० को उपदफा ३ मा व्यवस्था भएअनुसार यो कारबाही गरेको हो ।
लापरबाहीपूर्वक सवारी चलाएमा २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म
जरिवाना गर्नसक्ने व्यवस्थाछ ।
महिला, शारीरिक अपांगता र वृद्धवृद्धाका लागि तोकिएको आरक्षण सिट
राख्नुपर्ने प्रावधान भए पनि नाम मात्रको सिट रहँदै आएका
थिए । सिटको माथि सवारी साधनमा महिला सिट भनेर लेखिए पनि पुरुष बसेको
पाइन्थ्यो ।' सुरुमा कतिपयभाडाका सवारी साधनले आरक्षण सिटसमेत
नछुट्याएकोउनको भनाइ छ । 'यातायात व्यवसायीसँग हुने बैठकमा पटक/पटक कुरा
उठेपछि उनीहरूले सिट त तोके तर कार्यान्वयन भएन,' उनले भने ।
३ महिनाअघि ट्राफिक प्रहरी आपै+mले सार्वजनिक सवारी साधनमा चढेर महिला,
वृद्ध र अशक्तको सिटमा बसेका पुरुषहरूलाई उठाउँदै महिलालाई राख्ने गरेको
थियो । 'हामी चढेका बेला मात्र त्यो कार्यान्वयन भयो, त्यसमा गाडीका चालक
र सहचालकले यात्रुलाई सिकाएनन्,' ट्राफिक महाशाखाका डीएसपी तथा प्रवक्ता
पवन गिरीले भने, 'सुरुवाती दिन भएर सवारी साधन चढ्ने महिलाहरूले पनि आवाज
उठाएनन् ।
त्यसैको चेतना जगाउन महिला अधिकारकर्मीलाई पनि गाडीमा राखेर चेतना
अभियान थालिएको र त्यसमा सुधार आएको उनले बताए । महाशाखाले डीएसपी कृष्ण
सिवाकोटीको नेतृत्वमा महिला अधिकारकर्मी सम्मिलित ११ वटा समूह बनाएको
थियो । राष्ट्रिय महिला आयोगसहित एक दर्जन संघसंस्था यो अभियानमा सहभागी
थिए ।
ट्राफिक र महिला अधिकारकर्मी चढेर आरक्षित सिटमा बसेका व्यक्तिलाई उठाएर
महिला र अशक्तलाई राखेका थिए । त्यसले सार्वजनिक सवारी साधन चढ्नेहरूको
चेतनाको स्तर बढाएको बताए । 'एकहप्ते अभियानपछि गाडीमा चढ्दा महिलाहरूले
आरक्षित सिटमा बसेका पुरुषलाई उठाएको पाइयो, वृद्धवृद्धा, सानो नानी लिएर
उभिएकालाई सिटमा राखिएको पाइयो,' गिरीले भने, 'ट्राफिक प्रहरीले सधंै त
गर्न सक्तैनन्, सवारी चढ्ने व्यक्ति आपै+m पनि सचेत हुन जरुरी छ ।'
गाडीमा सिट भरिएका बेला कोचाकोच गरेर यात्रु राख्दा त्यसको फाइदा उठाउँदै
खराब मनोवृत्ति भएका व्यक्तिले महिलालाई जिस्क्याउने र संवेदनशील अंगमा
छुने जस्ता गतिविधि गर्ने गरेको गुनासो आउने गरेको छ । आरक्षण सिटको
कार्यान्वयन हँुदा त्यस्ता गतिविधिमा कमी आउने प्रहरीको भनाइ छ । त्यसरी
सार्वजनिक सवारीमा दुव्र्यवहार गर्नेका विपक्षमा आवाज महिलाले नै
उठाउनुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् । 'एक दिन एक महिलाले त्यस्तो
हर्कत गर्नेसँग प्रतिवाद गरे त्यो सवारीमा चढ्नेले फेरि गल्ती
दोहोर्याउँदैन,' महानगरीय प्रहरी आयुक्त कार्यालयका एक अधिकृत भन्छन्,
'त्यही लहरले खराब प्रवृत्तिका व्यक्तिको मनोबल घट्छ ।'
No comments:
Post a Comment