Wednesday, June 12, 2013

एसएलसी फेल भएपछि आत्महत्या

चितवन- मंगलबार सार्वजनिक एसएलसी परिक्षामा अनुत्तिर्ण भएपछि एक
विद्यार्थीले आत्महत्या गरेका छन्। पास हुने आशमा रहेका पूर्वि चितवन
कपरखोरी गाउँका १६ वर्षिय अनिश अमगाईले अनुत्तिर्ण भएपछि आत्महत्या गरेका
हुन्।
नतिजा सार्वजनिक भएको दुई घण्टा नबित्दै अपरान्ह चार बजेतिर उनले आफ्नै
घरको पंखामा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय रत्‍ननगरले
जनाएको छ। रत्‍ननगरको स्काइराइडर आवासिय माविबाट एसएलसी परीक्षा दिएका
उनले फेल भएलगत्तै कोठाभित्र गएर आत्महत्या गरेका थिए।
मोबाइलबाट नम्बर हेरेका उनी फेल भएपछि निरास भएकाथिए। मोबाइलमा अनिशको
दिदीले नम्बर हेर्दा सरी भनेर संकेत आएको केही समयपछि नै उनी बाहिर नगइ
घरभित्रको कोठामा गएर आत्महत्या गरेको अवस्थामा फेला परेको मणीप्रकाश
खतिवडाले बताए।
अनिश सामाजिक शिक्षा विषयमा १७ ल्याएर फेल भएको विद्यालयले जनाएको छ।
चितवनको उत्कृष्ट विद्यालयमा पर्ने स्काइराइडरबाट एसएलसी दिएकामध्ये तीन
जनामात्र फेल भएका छन्। ७३ जना विशिष्ट , ५२ जना पहिलो श्रेणी र २ जना
दोस्रो श्रेणीमा उत्तिर्ण भएका थिए।

No comments:

Post a Comment