Friday, April 19, 2013

दीपक मनाङेले भने-’डन होइन माननीय भन्नुस्’

६ वैशाख, काठमाण्डौं । काठमाण्डौंका चर्चित डन दीपकमनाङेको रवाफ बिहीबार
उनले गरेको पत्रकार सम्मेलनमा कुनै नेता-मन्त्रीको भन्दाकमथिएन । संघीय
लोतान्त्रिक राष्ट्रिय पार्टीको व्यानर पृष्ठभूमिमा थियो भने दायाँबायाँ
थिए सो पार्टीका नेता र गुन्डागर्दीमा संलग्नउनका सहयोगी ।
मनाङेले आफूलाई पार्टीको उपाध्यक्षका रुपमा चिनाए । पत्रकार सम्मेलनमा
कालो सुट र कालै चस्मामा ठाँटिएका उनी नेताकै पारामा पत्रकारसँग प्रस्तुत
भएका थिए । मनाङले आफू डनबाट माननीय बन्न आतुर रहेको बताए ।
मनाङेले आफू समानुपातिकतर्फबाट सभासद् बन्ने योजनामा रहेको र पार्टी
अध्यक्षलाई त्यसमा मनाइरहेको बताए । 'तपाईहरुले डन होइन माननीय भनेको
सुन्न चाहन्छु,' पत्रकार सम्मेलनमा मनाङले भने । उनले आफूलाई प्रहरीले
धेरै दुःख दिएको पनि गुनासो गरेको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment