Friday, April 19, 2013

६५ किलोको घोडा जत्रै खसी !

६ वैशाख, धनकुटा । कृषकले सडकमा डोर्‍याएको पशुलाई झट्ट हेर्दा खच्चड
घोडाजस्तैदेखिन्थ्यो । सोधखोज र मोलतोल गर्नेको चासो उत्तिकैथियो ।
बिहीबार धनकुटा सदरमुकामस्थित हुलाक टोलमा धनकुटा ५, माथिल्लो कोप्चेका
दिलबहादुर मगरले ५ फिटभन्दा अग्लो 'बाकटे' खसी डोर्‍याउँदै हिँडेको दृश्य
हो यो ।
मोल गर्ने क्रममा बढाबढ नै भयो । २५ हजारसम्म मूल्य दिने ग्राहक आए पनि
मगर चित्त बुझेन । खसीको तौल ६५ किलोग्राम थियो । तौलअनुसारको मूल्यभन्दा
आफ्नो लगानी चित्तबुझ्दो नभएपछि मगरले खसीलाई झापाको बिर्तामोर्डमा माग
भएकाले उतै लैजाने बताए । 'त्यहाँ भनेजस्तै मूल्य पाइन्छ कि,' उनले भने
'कम्तीमा ३० हजारसम्म दिए बेच्नेछु ।'
चार वर्ष पालेर बिक्री गर्न लागिएको कृषकले बताए । पछिल्लो समय स्थानीय र
जामुनापारी जातको मिश्रति गरिएको वर्णाशंकर खसीबाख्रा पाल्न कृषकको चासो
बढेको जनाइएको छ । सदरमुकाम आसपास तथा अर्खौले जीतपुर, तेलिया,
ताखुंवाललगायतका स्थानमा उक्त जातका खसीबाख्रा पालन गरिने क्रम बढेको छ ।
वर्णाशंकर खसीको मासु मीठो हुने भएपछि यसको माग बढ्दै गएको अखौंले
जीतपुरका कृषक रामचन्द्र पौडेलले बताए कान्तिपुरमा खबर छ ।
उक्त जातलाई कृषकले बाकटे भन्ने गरेपनि सिजाली तथा जमुनापारी पनि भन्न
सकिने पशुसेवा कार्यालयले जनाएको छ

No comments:

Post a Comment