Sunday, January 27, 2013

बाबुरामलाई मार्दैनौं, पक्रेर जेल हाल्छौं: गौतम

१४ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री
डा. बाबुराम भट्टराईलाई बालुवाटारबाट निकालेर जेल हाल्ने चेतावनी दिनु
भएको छ ।
सरकारविरुद्ध २६ गते काठमाडौंमा हुने आमसभालाई प्रभावकारी बनाउने तयारी
स्वरुप आयोजित उपत्यकास्तरीय कार्यकर्ताभेलामा गौतमले मुलुकलाई
उग्रवामपन्थी पञ्जवाट मुक्त गराइछाड्ने बताउनु भयो । 'बालुवाटारभित्र
छिरेर बाबुरामलाई बाहिर निकाल्छौं' उहाँले भन्नुभयो-'उनले गोली
खान्छुसरकार छोडि्दन भनेका छौं । हामी मार्दैनौं, पक्रेर जेलहाल्छौं ।'
पार्टी मुख्लालय बल्खुमा जारी भेलामा शीर्ष नेताहरुले सम्वोधन गर्दैछन् ।

No comments:

Post a Comment