Saturday, December 8, 2012

विवाह गर्न नमानेकी युवती जलाइए

नेपालगन्ज, मंसिर २३ - महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका
बेला बर्दियामा भने, पेट्रोल छर्केर एक युवतीलाई जिउँदै जलाउने प्रयास
भएको छ । ती युवती अस्पत्तालको शैयामा छटपटाईरहेकी छन् । शरिरको अधिंकास
भाग जलिसकेको अवस्थामा अस्पत्ताल पुर्याईएकी युवतीको उपचारमा समस्या भएको
छ ।
बर्दिया, गुलरिया ८ की १६ वर्षीया शिवा हासमीलाई आफुसँग विवाह गर्न
नमानेको भन्दै छिमेकी बाबु खानले शुक्रबार पेट्रोल छर्केर जलाएका हुन् ।
भारतको बहराईच घर भई गुलरियामा मोटरसाईकल ग्यारेजमा मिस्त्रीको काम गर्ने
२३ बर्षीय बाबुले 'भागेर आफुसँग बिहा गर्न' नमानेको भन्दै पेट्रोल छर्केर
जलाएको युवतीकापरिवारले बताए ।
ती युवकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । शरिरका अधिकांस
भाग जलेर बोल्न समेत नसक्ने अवस्थामा पुगेकी युवतीको नेपालगन्ज स्थित
भेरी अंचल अस्पत्तालमा उपचार भइरहेको छ । तर, चिकित्सकहरुले 'अधिंकास (९०
प्रतिशत) भाग जलेकाले सुविधा सम्पन अस्पत्तालमा लग्न परिवारलाई सुझाव
दिएका छन् ।
आर्थिक अवस्था कमजोर भएको हासमी परिवार तत्काल उनलाई बाहिर लान सक्ने
अवस्थामा छैनन् । '५० प्रतिशत भाग मात्र जलेको भएपनि उपचार गर्न
सकिन्थ्यो । तर धेरै 'क्रिटिकल केस' भएकाले राम्रो अस्पत्तालमा लैजान
भनेका छन्,' युवतीका दाजु तनबिर अहमद हासमिले भने, 'तत्काल पैसा नभएकाले
समस्या भयो ।'
शनिबार बिहान नेपालगन्जका बिभिन्न मानवअधिकार तथा चेलिबेटी बेचबिखन र
महिला हिंसा बिरुद्धका अभियानमा केन्द्रीत संघसंस्थाका प्रतिनिधिहरुले
पीडित युवती र परिवारका सदस्यहरुसंग भेटघाट गरेको छ । माईती नेपालका
नेपालगन्ज संयोजक केशव कोईरालाले, परिवारजनको अवस्था बुझेपछि उपचारका
लागि काठमाडौं पठाउन चन्दा सहयोग संकलन भइरहेको जानकारी दिएका छन् ।

No comments:

Post a Comment