Saturday, December 8, 2012

सरकार गठनको बल दलहरुको कोटमाः प्रधानमन्त्री

नेपालगन्ज, मंसिर २३ - प्रधानमन्त्री बाबुराम भट्टराई ले बल राजनीतिक
दलहरुको कोटमा रहेकाले सहमतीय सकारको गठन प्रकृया पनि उनीहरुकै भूमिकामा
निर्भर रहने बताएका छन् ।
नेपालगन्ज बिमान स्थलमा शनिबार बिहान क्रान्तिकारी पत्रकार संघले आयोजना
गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री भट्टराईले पुष महिनाको
मध्य सम्ममा सहमतीय सरकार गठन नभए बैशाखामा संविधान सभाको निर्वाचन हुन
नसक्ने भन्दै यस्तो अवस्थामा प्राप्त सबै उपलब्धी समेत गुम्ने चिन्ता
व्यक्त गरे ।
सहमतिका लागि सरकार निकै लचिलो भएर सबै राजनीतिक दलहरुलाई समेटने उनको
दावी थियो । एक प्रश्नको जवाफमा प्रधानमन्त्री भट्टराईले कांग्रेस
सभापित शुशिल कोईराला हुन सक्ने संभावना समेत औल्याए ।
'संभावना त सबैको छ । कांग्रेसलेकोईरालाई अघि सारेको छ । हामीबाट अलग
हुनु भएका माओवादीले रामबहादुर थापालाई अघि सार्नु भएको छ । अरु
दलहरुलेपनि अघि सार्न सक्छन्,' प्रधानमन्त्री भट्टराईले भने,' तर टुङगो
भनेको त राजनीतिकदलहरुले सहमतिमै गर्ने हो ।'
सहमतिका लागि खास गरी एमाले काँग्रेस लगायतका विपक्षीहरु बाधक भएको उनको
आरोप छ ।' सहमति अडकेको निर्वाचन गर्ने कि नगर्ने भन्ने कुराले हो । आफनो
अनकूल निर्वाचन हुन्छ की हुँदैन भन्ने कुराले हो' प्रधानमन्त्री भटराईले
भने,' तर राजनीतिक दलहरुले यसबारेमा खुलेर कुरा गर्न चाहदैनन् ।'
कैलाली भ्रमणबाट काठमाडौं र्फकने क्रममा संवाददाताहरु संगको भेटमा पुस
सम्म सहमति नभए डरलाग्दो अवस्था आउने सक्ने खतरा समेत उनले औल्याएका छन्

No comments:

Post a Comment