Friday, December 7, 2012

होटल सांग्रिलामा १ कामदार मृत र २ बेहोस भेटिए

काभ्रे, मंसिर २२ - धुलिखेलमा रहेको होटेल सांग्रिला(द्वारिकाज) मा
रहस्यमय तरिकाले एक कामदारको मृत्यु भएको छ । अन्य २ कामदार बेहोस
अवस्थामा भेटिएका छन् । प्रहरीले घट्नाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
मृतक र बेहोस भएका तीनै जना एकैस्थानमा भेटिएका छन् । ललितपुर बडिखेल ४
बस्ने ३५ वर्षीय सन्तोष पहरी मृत अवस्थामा तथा सेाही स्थानका १७ वर्षीय
लक्ष्मण पहरी र २३ वर्षीय ओम पहरी बेहोस अवस्थामा भेटिएका छन् । बेहोस
हुनेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment