Thursday, December 6, 2012

मेशिनमा पर्दा मलेसियामा नेपाली युवकको हात काटियो

२१ मंसिर, क्वालालम्पुर । रोजगारीको लागि मलेसिया पुगेकाएक युवाको
कम्पनीमा काम गर्नेक्रममा बायाँ हात काटिएपछि पाचँ महिनादेखि ओछ्यानमा
लडेर उपचार गराईरहेकाछन् ।
क्वालालम्पुर नजिकै चेरासजयामा रहेको चोङ फि दाई कास्टिङ कम्पनीमा
कार्यरत सिवागाविस वडा न ४ पाँचथरका शेरवहादुर सारु 'रोशन' गएको जुन २५
तारिखमा कम्पनीमा दुर्घटनामा परेका थिए । काम गरिरहेको अवस्थामा मेशिन
वन्द भएपछि उनी मेशिन सफा गर्न लागेका थिए । तर, एक्कासि मेशिन चलेपछि
उनको हात मेशिनले थिचिदियो । त्यसपछि सेरडाङ अस्पतालमा लगिएका सारु
अहिलेसम्म पनि उपचार गराईरहेकाछन् ।
लामो समयसम्म उपचार भएपनि उनले हातका औलाहरुलाई वचाउन सकेनन् । नाडिवाटै
हात काटिएको छ । अस्पतालले उनलाई केहि समय अगाडिसम्म एमसि लेखिदिएका
कारणनियमित तलव पाएको भएपनि हाल एमसि पाएका छैनन् ।
कम्पनीले हालसम्म नियमित रुपमाअस्पतालमा उपचार गराईरहेको र इन्सोरेन्सको
वारेमा पहल गरिरहेको बताईएको छ । तीन वर्ष अगाडि मात्रै मलेसिया आएका
विवाहित शेरवहादुरको परिवारमा आमा वुवा,श्रीमति र दुई छोरा छन ।
पासपोर्टको नाम शेरवहादुर सारु भएपनि उनलाई सवैले रोशन भनेर चिन्ने
गर्दछन ।

No comments:

Post a Comment