Sunday, December 2, 2012

गोमा एयरको विमान डोल्पामा दुर्घटना

१७ मंसिर, बाँके । डोल्पाको जुफाल विमानस्थलमा गोमा एयरको विमान आइतवार
विहान १० बजेतिर दुर्घटना भएको छ । बाँकेको नेपालगञ्जवाट कार्गो लिएर
डोल्पाका लागि उडेको गोमा एयरको ९ एनएजेयु कल साइन रहेको २०८ बी विमान
अवतरण गर्ने क्रममा टायर पड्कीएपछि दुघर्टना भएको हो । तर दुर्घटनावाट
कुनै मानविय क्षतिभने भएको छैन । विमानमा चालक दल बाहेक अन्य यात्रु
नरहेको गोमा एयरले जनाएको छ । धावनमार्गमा विमान रोकिएकाले अन्य उडानहरु
भने विहानैदेखि प्रभावित भएका छन् ।

No comments:

Post a Comment