Sunday, December 30, 2012

ध्रुवेको पछि नेताहरु

१५ पुस, चितवन । चितवनको मार्डीको गर्दी क्षेत्रका चार जनाको हत्या गरेको
जंगली हात्ती धु्रवे मार्न हिडेको निकुञ्जको टोलीसँगै राजनीतिक दलका
नेताहरु पनि ध्रुवेको खोजीमा हिँडेका छन् । टोलीले प्रभावकारी काम नगरेको
भन्दै उनीहरुको खोजी कार्यको अनुगमन गर्न नेताहरु जंगल परेका हुन् ।
नेताहरुको टोलीले शनिबार दिनभर जंगलमा धु्रवेको खोजी गरेका थिए ।
यता निकुञ्जले भने आफूहरुले नियमित रुपमा काम गरिरहे पनि सर्वसाधारणले
किन हात्ती मारेन भनेर प्रश्न उठाइरहेकाले जंगलमा भोगेको अप्ठेरो देखाउन
दलका नेताहरुलाई टोलीसँगै जंगल लगिएको जनाएको छ ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. महेश्वरढकालले भन्नुभयो,
'जंगल क्षेत्रमा काम गर्न निकै कठिन छ । जनताहरु हात्ती किन चाँडो मारिएन
भनिरहेका छन् । हामीले अप्ठेरो भोग्नुपरेको छ भन्ने देखाउ दलका अगुवालाई
जंगल लगेका हौं ।' टोलीमा एकीकृत नेकपा माओवादीका इन्चार्ज घनश्याम
दाहाल, एमालेका कृष्ण भूर्त्तेल साथै चितवनका प्रमुख जिल्ला अधिकारी
हिमनाथ दवाडी रहेका छन् । त्यस्तै वन मन्त्रालयका सचिव कृष्ण पौडेल,
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघबहादुर
पाण्डे लगायतका उच्च सरकारी अधिकारीहरुको टोली पनि शनिबार दिनभर हात्तीको
खोजी अभियानमा जंगल घुमेको थियो ।

No comments:

Post a Comment