Monday, December 31, 2012

मुसा खाएर देशलाई ऋणमा डुबाउन पाइँदैन : नेपाल

१६ पुस, दाङ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताका घरमा पुगेर मुसा, घोगी
लगायतका नयाँ-नयाँ परिकार चाख्ने बाहेक अरु कुनै उपलब्धि मुलक काम गर्न
नसकेको आरोप लगाउनु भएको छ । नेपालले जनताका घरमा पुगेर मुसा, घोगी
लगायतका नयाँ-नयाँ परिकारको स्वाद लिएर भट्टराईले देश र जनतालाई ऋणमा
डुबाएको वताउनुभयो ।
गणतन्त्र दैनिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रमलाई सोमवार दाङको
घोराहीमा सम्बोधन गर्दै नेपालले भन्नभयो,'महिना-महिनामा दलवलसहितको
जम्बो टोली गरिब बस्तीमा गएर भोजभतेर लगाउने र जनतालाई ऋण बोकाएरफर्कदैमा
नयाँ नेपाल बन्दैन ।' उहाँले आफू जनताको गरिव बस्तीवाट फर्केपछि बिपन्न
बर्गलाई राज्यले के दियो भन्नेवारे प्रधानमन्त्रीले गम्भीररुपमा सोच्नु
पर्ने वताउनुभयो । नेपालले मुस्ताङ म्याक्सवाट सुरु भएको भट्टराईको
यात्रा गन्तव्यमा नै नपुगि गाडिको हावा फुस्किएको टिप्पणी गर्नु भयो ।
उहाँले सहमतीय सरकार निर्माणका नाममा विपक्षी दल भट्टराई नेतृत्व सरकारको
टाङमुनी नछिर्ने वताउनुभयो ।
नेता नेपालले भन्नुभयो,'सहमतीय सरकार बनाउने नाममा वर्तमान सरकारमा
सहभागी हुँदैनौँ । त्यसैले भट्टराई सरकार नहटेसम्म सहमतीय सरकारका निम्ति
कुनै सहमति हुन सक्दैन ।' उहाँले काँग्रेस सभापति सुशील कोइराला जस्ता
पाका नेतालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर प्रचण्डले पङ्गु बनाएको
वताउनुभयो । बर्तमान सरकारको बर्हिगमन नहुँदासम्म सहमति नहुने भन्दै
नेपालले राष्ट्रपतिले सहमतिका लागि जति पटक समय थपे पनि कुनै प्रगति
नहुने बताउनुभयो ।
नेपालले काँग्रेसकै नेतृत्वमा सहमतीय सरकार वनाउने निर्णय विपक्षी दलले
गरिसकेकाले सुशील कोइरालाकै नेतृत्वमा सरकार वनाएर चुनावमा जानु पर्ने
वताउनुभयो ।

No comments:

Post a Comment