Saturday, December 22, 2012

डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो, पेट्रोलको घट्यो

७ पुस, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ
भने पेट्रोलको घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबारबाट लागू हुने गरी डिजेल र मट्टितेलमा
प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यस्तै पेट्रोलमा भने प्रतिलिटर २
रुपैयाँ मूल्य घटाइएको छ । 'बजार भाउका आधारमा मूल्य समायोजन गर्ने नीति
अनुसार नै मूल्यघटबढ भएको हो' निगमका निमित्त कार्यकारी प्रमुख सुरेश
अग्रवालले अनलाइनखबरसँग भन्नुभयो ।
शनिबारबाट डिजेल र मट्टितेल प्रतिलिटरको ९९ रुपैयाँ पर्छ भने पेट्रोल
लिटरको १ सय २३ रुपैयाँ पर्छ । मूल्य समायोजनपछि इण्डियन आलय निगमले
पठाएको डिसेम्बर १६ को मूल्यसूची अनुसार आयल निगमलाई पेट्रोलमा १०
रुपैयाँ ४२ पैसा र मट्टितेलमा १३ रुपैयाँ ३७ पैसा नाफा हुन्छभने डिजेलमा
३९ पैसा घाटा हुन्छ ।
पछिल्लो मूल्य समायोजनपछि आयल निगमको मासिक घाटा करिव४१ करोडबाट ३५
करोडमा आइपुगेको छ ।
खाना पकाउने ग्यासमा भने नियमलाई प्रतिसिलिण्डर ६ सय ५६ रुपैयाँ ६२ पैसा
घाटा छ । 'सबैभन्दा ठूलो लस एलपी ग्यासमा छ' अग्रवालले भन्नुभयो–'ग्यासमा
प्रतिमहिना ७९ करोड घाटा छ ।' ग्यासमा घाटा कम गर्न घरायसी र व्यवसायिक
प्रयोगका लागि दुई खालको सिलिण्डर र मूल्य तोक्ने भनिएपनि व्यवसावयीहरुको
असहयोगका कारण कार्यान्वयन हुन सकेको छैन ।

No comments:

Post a Comment