Friday, November 9, 2012

अस्थिरताले विदेशी लगानीकर्ता टाढिँदै

साउदी संस्थाको रकम नेपालको साटो इजिप्ट र सुडानमा
सुरेन्द्र पौडेल, काठमाडौं, कात्तिक २४ - नेपालमा अर्बौं रुपैयाँ लगानी
गर्न तयार विदेशी लगानीकर्ता राजनीतिक अस्थिरताका कारण अन्यत्र मोडिँदै
छन्। अस्थिरताका कारण नेपालमा लगानी हुन लागेको झन्डै दुई खर्ब रुपैयाँ
अन्यत्र गएको छ।
साउदी अरबका विभिन्न लगानी संस्थाले संयुक्त रूपमा नेपालमा लगानी गर्न
छुट्याएको २ अर्ब २० करोड अमेरिकी डलर (झन्डै एक खर्ब ८९ अर्ब २० करोड
रुपैयाँ) इजिप्ट र सुडानमा लगेको साउदी अरबका लागि नेपाली राजदूत उदयराज
पाण्डेले खुलासागरेका छन्।
'साउदीका ठूला लगानी संस्थाले संयुक्त रूपमा नेपालमा २ अर्ब २० करोड
अमेरिकी डलर लगानी गर्ने योजना बनाएका थिए,' राजदूतपाण्डेले भने, 'तर
अहिले राजनीतिक अस्थिरता भन्दै उनीहरूले नेपालमा लगानी गर्न छुट्याएको
रकम इजिप्ट र सुडान तर्फ लगेका छन्।'
पाण्डेका अनुसार साउदीका ठूला लगानी संस्थाले नेपालको जलविद्युत,
खानेपानी , पर्यटन र कृषि गरी चार क्षेत्रमा लगानी गर्ने योजना तयार
पारेका थिए। चार क्षेत्रमा लगानी गर्न उनीहरूले चारवटा परियोजनाको खाका
कोरेका थिए।
लगानीको लागि संस्थाका प्रतिनिधिले पटक-पटक नेपाली दूतावासमा आई छलफल
गरेका थिए। चारवटा परियोजनामा लगानी गर्नेखाका उनीहरूले दूतावाससमक्ष
पेससमेत गरेका थिए। प्रत्येक परियोजना ५५ करोड अमेरिकी डलर (झन्डै ४७
अर्ब ३० करोड रुपैयाँ) प्रस्ताव गरिएको थियो।
'जेठ १४ मा संविधान जारी भएपछि असार पहिलो साता लगानीकर्ताको
प्रतिनिधिमण्डल नेपाल आई सम्भाव्यता अध्ययन गर्ने सहमतिभएको थियो। तर,
संविधान जारी नगरी संविधानसभा विघटनपछि राजनीति अस्थिरता भन्दै उनीहरूपछि
हटे। नेपालको लागि छुट्याएको रकम इजिप्ट र सुडानतर्फ लगेका छन्,'
पाण्डेले भने।
नेपालको सरकार तथा निजी क्षेत्र दुवैसँग मिली संयुक्त लगानी गर्न मात्र
होइन, उनीहरू जग्गा भाडामा लिई कृषि क्षेत्रमा लगानी गर्नसमेत इच्छुक
थिए। अस्थिरता अन्त भए नेपालमा लगानी गर्न आफूहरू तयार रहेको उनीहरूले
पाण्डेलाईबताएका थिए।
साउदी अरबका धनाढ्यले एक्लै तथा अरुसँग मिलेर थुप्रै लगानी संस्था खोलेका
छन्। साउदीमा बैंकमा पैसा राख्दा ब्याज नआउने हुँदा धनाढ्य तथा लगानी
गर्ने संस्था सुरक्षित लगानीकोखोजीमा हुन्छन्। केही लगानी संस्थाका
प्रतिनिधि नेपालमा आईयहाँको अवस्था बुझेर फर्की दूतावाससँग लगानीबारे
छलफल गरेका थिए।
यस्तै, नेपालको 'महाउज्ज्वल राष्ट्रदीप मानपदवी' बाट विभूषित साउदी
राजकुमार तथा संसारको २९औं धनाढ्य व्यक्ति अल-वलिद विन तलालले राजनीतिक
अस्थिरता देखाउँदै तत्काल नेपालमा लगानी गर्न नसकिने बताएका राजदूत
पाण्डेले जनाए।
२०६७ साल कात्तिक अन्तिम साता नेपाल भ्रमणमा आउँदा पर्यटन तथा होटल
क्षेत्रमा लगानी गर्ने आश्वासन दिई फर्केका राजकुमार तलाल लगानी
गर्नुपर्ने बाध्यात्मक स्थिति आउला भनेरै महाउज्ज्वल राष्ट्रदीप पद्वी
साउदीमै मगाएका थिए। 'राजकुमार तलालले जलविद्युत र पयर्टन उद्योगको
नेपालमा ठूलो सम्भावना रहेको राम्ररी बु‰नु भएको छ,' राजदूत पाण्डेले
भने।
तलालले भारतमा हालै विद्युत प्रणालीमा समस्या आउँदा त्यहाँका जनताले
खेप्नुपरेको सास्ती स्मरण गराउँदै नेपाली जलविद्युतको ठूलो बजार रहेको
राजदूतलाई बताएका थिए। नेपाली जलविद्युतमा लगानी गर्न आफू इच्छुक भए पनि
अहिले लगानीमैत्री वातावरण बनिनसकेको उनले जनाएका थिए। राजनीतिक स्थिरता
कायम भए लगानी गर्न आफू नेपाल जाने प्रतिबद्धता राजकुमारले राजदूतसँग
गरेका थिए।
गत चैत १९ गते मात्र साउदी विकासकोषले नेपाललाई ११ अर्ब रुपैयाँ सुलभ ऋण
दिएको थियो। व्यवसायिक तालिम, बूढीगण्डकी जलविद्युत परियोजना र डुडुवा
सिँचाइ योजनाका लागि लगानी गर्न कोषले उक्त रकम नेपाललाई दिने निर्णय
गरेको थियो।
साउदी विकास कोषले सबैभन्दा पहिले बागमति सिँचाइका लागि ९३ करोड रुपैयाँ
सुलभ ऋण उपलब्ध गराएको थियो। पहिलो लगानीको 'पर्फमेन्स' राम्रो नभएपछि
कोषले त्यसपछि नेपालमा कुनै लगानी नगरेको राजदूत पाण्डेको बुझाइ छ। नयाँ
संविधान जारी भएपछि राजनीतिले गति लिने विश्वासमा बागमति सिँचाइमा लगानी
गरेको २३ वर्षपछि गत चैतमा साउदी विकास कोषले विभिन्न परियोजनामा ११ अर्ब
रुपैयाँ लगानी गरेको थियो।
'साउदीका सबै लगानी संस्था नेपालको राजनीतिक अस्थिरतादेखि चिन्तित छन्,'
राजदूत पाण्डेले भने, 'संविधान मात्र जारी भएर राजनीति अघि बढ्ने हो भने
धेरै साउदी लगानी संस्था नेपालमा लगानी गर्न आतुर छन्।' यस वर्षदेखि
साउदीले काठमाडौंमा दूतावास खोलेकोले राजनीतिक स्थिरता भए साउदी लगानी
भिœयाउन सहज हुने उनको विश्वास छ।

No comments:

Post a Comment