Friday, November 9, 2012

तिहारका तीन दिन लोडसेडिङ नहुने

२४ कात्तिक, काठमाण्डौं । तिहार भन्ने वित्तिकै उज्यालोको पर्व। दैनिक
आठघण्टा लोडसेडिङ गर्दै आएको सरकारका लागि बत्तीको चाडले सवैको घर
उज्यालो राख्ने चुनौति थपिएको छ । तर तिहार मुख्य तीन दिन लोडसेडिङ
नगर्ने तयारीमा नेपालविद्युत प्राधिकरण लागेको छ । कात्तिक २८, २९, ३०
गते (लक्ष्मी पूजा, गाइपूजा र भाइटीका) का दिन लोडसेडिङ नगर्न
प्राधिकरणले विभिन्न योजना बनाएको छ ।
प्राधिकरणले अहिलेसम्म सञ्चित गरेर राखिएको ९२ मेगावाटको कुलेखानीसमेत
तिहारका समयमा चलाउने तयारी गरेको छ । हिउँदयामका लागि सञ्चित गरेको सो
जलाशययुक्त आयोजनासहित तिहारमा अन्य डिजेल प्लान्टसमेत चलाउने तयारी
भईरहेको जानकारी प्राधिकरणको भारप्रेषण विभागका प्रमुख भुवनक्षेत्रीले
जानकारी दिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले

No comments:

Post a Comment