Thursday, November 8, 2012

पूर्वराजाको सुविधा खोस्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं, कार्तिक २३ - प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा
ज्ञानेन्द्र शाहको सुविधा खोस्ने चेतावनी दिएका छन् ।
नवरपरासीमा नेताकै शैलीमा भाषण गरेर राजनीतिक दलहरुप्रति असन्तुष्टि
राखेकोदुई दिनपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।
नेपाल पब्लिक क्याम्पस सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री पूर्व राजा आफ्नो हैसियत बिर्सेर सक्रिय हुन खोजिरहेको
बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिए पूर्व राजाका
हैसियतले प्रदान गरिँदैआएका सुविधाहरु खोसिने चेतावनी दिए ।
सङ्क्रमणको अवस्थामा रहेको मुलुकलाई वर्तमान राजनीतिक सङ्कटबाट जोगाउन
समाजका सचेत वर्गले नेताहरुलाई सकारात्मक दबाब दिनुपर्ने उनको भनाइ थियो
। प्रधानमन्त्रीले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन बजेट अपरिहार्य रहेको
बताए ।
प्रकाशित मिति: २०६९ कार्तिक २३ ०४:२९

No comments:

Post a Comment