Friday, November 9, 2012

राष्ट्रपतिलाई धम्क्याएर बजेट ल्याउन खोजियो :

२४ कात्तिक, नुवाकोट । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले
एमाओवादी र प्रधानमन्त्रीडा वावुराम भट्टराईले राष्ट्रपतिलाई धम्क्याएर
बजेट पासगराउन खोजेको आरोप लगाउनु भएको छ । नेपालले सरकार र एमाओवादीको
धम्कीसामू विचलित नहुन राष्ट्रपतिडा रामवरण यादवलाई आग्रह गर्नु भयो ।
शुक्रवार प्रेस चौतारी नुवाकोटले सदरमुकाम विदुरमाआयोजना गरेको पत्रकार
भेटघाट कार्यक्रममा नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टाराईले
राष्ट्रपतिले 'कु' गर्ने प्रयास गरेको तर त्यो असफल भएको भन्दै पार्टी
प्रवक्ता र मन्त्रीहरुलाई बोल्न लगाएर पदिय मर्यादा बाहिर गएर
राष्ट्रपतिको अपमान गरेको आरोप लगाउनुभयो ।
नेता नेपालले भन्नुभयो,'राष्ट्रपति एक्लो हुनुहुन्न । लोकतन्त्रलाई
तहसनहस पार्न माओवादीले बुनेको योजना विफल पार्नको लागि लोकतान्त्रिक
शक्तिहरु एक भएका छन् ।' बजेट पास गराउन माओवादीले राष्ट्रपतिलाई
धम्याक्याई रहेको बताउँदै उहाँले त्यो कार्यान्वयन भए र राष्ट्रपतिबाट
बजेट पास भएमा लोकतन्त्र नै समाप्त हुने वताउनुभयो । राष्ट्रिय सहमतिविना
सरकारले बजेट ल्याउन नसक्ने उहाँको भनाई छ ।
नेपालले एमाओवादी देश र देशको अर्थतन्त्रप्रति चिन्तित नभई कसरी सत्ता
कब्जा गर्ने भन्ने दाउमा रहेको वताउनुभयो । नेपालले प्रधानमन्त्री डा
वावुराम भट्टराईले राजीनामा दिएर सहमतिका लागि बाटो नखोलेसम्म मुलुकले
निकास नपाउने वताउनुभयो । मुलुकमा जारी संवैधानिक सङ्कट समाधानका लागि
भएपनि भट्टराई नेतृत्वको सरकारको बहिर्गमन अत्यावश्य रहेको नेपालको भनाई
थियो ।
यसमा तपाइको मत

No comments:

Post a Comment