Friday, November 9, 2012

नेपाली कामदार पठाउँदै भारतीय म्यानपावरहरु

२४ कात्तिक, काठमाण्डौं । भारतीय म्यानपावर कम्पनीहरुले नेपाल सरकारको
श्रम स्वीकृत बेगर गैह्रकानुनी रुपमा नेपालीकामदार पठाउन थालेको खुलेको छ
। नेपाली कामदार सबैभन्दा बढी कार्यरत साउदी अरबमा यो समस्या बढी पाईएको
त्यहाँ रहेको नेपाली राजदूत उदयराज पाण्डेलेजानकारी दिएको खबर कान्तिपुर
दैनिकले छापेको छ ।
'इण्डियाका म्यानपावरले भिसा निकाल्छ, नेपालकाले कामदार जम्मा गरेर
पठाउँछन्,' हाल काठमाण्डौं आएका राजदूत पाण्डेले सञ्चारकर्मीसँगको भेटमा
भने, 'यसरी जाने कामदार बढी जोखिममा परेका छन् ।'
उनले साउदी परराष्टमन्त्राललाई जानकारी गराएको र साउदी परराष्ट्रले
नेपाली दूतावासले भिसा दिनथालेपछि यो समस्या समाधान हुने बताएको जानकारी
दिनुभयो । करिब ४ महिनादेखि नेपालमा आफ्नो दूतावास खोलेको साउदीले
सम्भवतः जनवरीबाट भिसा जारी गर्न सक्ने उनले जानकारी दिएकाछन् ।
श्रम स्वीकृत नलिई भारतीय बाटो भएर जाने कामदारले वैदेशिक रोजगार बिमा र
कल्याणकारी कोषमा रकम जम्मा नगर्ने हुँदा उनीहरु दुर्घटना, घाइते तथा
मृत्यु हुँदा थप समस्यामा पर्ने गरेका हुन् ।

No comments:

Post a Comment