Thursday, November 8, 2012

सेनालाई ‘पहाडिया’ भन्दै राष्ट्रपति फेरि माओवादी फुटाउने अभियानमा ?

राष्ट्रपतिले गुप्तरुपमा भेटेका मधेसी मन्त्रीहरुसँगको कुराकानीमा
राष्ट्रपतिले माओवादी फुटाउने खतरनाक खेलबारे खुलासा गरेको प्रचण्डले
दावी गरेका छन् । अघिल्लो सातामात्र राष्ट्रपतिले मधेसी मोर्चामा नरहेका
तर सरकारमा सामेल अनिल झा लगायत केही मन्त्रीहरुलाई कुराकानीका निम्ती
बोलाएका थिए । ती मन्त्रीले आफु पनि सरकारप्रति सन्तुष्ट नभएको तर
त्यतिकै हटन पनि नमिल्ने बताएका थिए । सरकारमा सामेल मन्त्रीहरु नै यसरी
असन्तुष्ट रहेको पाएपछि राष्ट्रपतिले भनेछन-'सकभर माओवादीसँगै सहमति गरेर
प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हटाउने, यसरी माओवादीकै सहमतिमा
निर्वाचित प्रधानमन्त्रीलाई हटाएपछि आफ्नो भूमिकामा बन्ने
प्रधानमन्त्रीले सके समस्याको समस्याको समाधान गर्ने नसके त्यसलाई पनि
हटाएर नयाँ ब्यक्तिलाई फेरि प्रधानमन्त्री बनाउन मलाई सजिलो हुनेछन् ।'
राष्ट्रपतिको यस्तो योजना सुनेपछि ती मन्त्री प्रचण्डकहाँ पुगेर
राष्ट्रपतिको योजना सुनाए । त्यसपछि प्रचण्डले राष्ट्रपति बाबुराम हटाउने
मात्र हैन माओवादी फुटाउनेसम्मको खतरनाक खेलमा लागेको बताउन थालेका छन् ।
आफुले राष्ट्रपतिसँग कुरा गर्दा पनि उनी बाबुराम हटाउन दत्तचित्त भएर
लागेको पाएको भन्दै प्रचण्डले बाबुराम हटाएर आफुलाई प्रधानमन्त्री बनाउनु
भनेको माओवादी फेरि फुटाउने रणनीति हो भन्ने गरेको बुधबारको जनआस्था
साप्ताहिकले छापेको छ । आफुलाई पनि असफल बनाएर कांग्रेसको प्रधानमन्त्री
बनाउने राष्ट्रपतिको योजना खतरनाक भएको प्रचण्डले बताउने गरेका छन् ।
पहाडीया भन्दै सेनामाथि सत्तोसराप
राष्ट्रपतिले कु गर्ने चर्चा र त्यसमा सेनाले साथ नदिएको भन्ने खवरहरुवीच
जेलमा बसेमा सद्भावनाका नेता श्यामसुन्दर गुप्ताले भने राष्ट्रपतिलाई
सेनाले साथ नदिने बताउन थालेका छन् । जेल पर्नुभन्दा एक साताअघि दहि
च्युरा खाने निम्तोसाथ शितलनिवास पुगेका गुप्ताले राष्ट्रपतिलाई भनेछन-
तपाईलाई सेनाको साथ छँदैछ, त्यसैले यो सरकारविरुद्ध केही न केही त
गर्नुस् । तर राष्ट्रपतिले भनेछन- सेना सवै पहाडियाको नियन्त्रणमा छ,
हिजो कटवालकाण्डमा पो स्वार्थ मिलेको थियो र सेनाले मलाई साथ दिएको थियो,
अहिले मैले केही गरेँ भने यो पहाडिया सेनाले मलाई हैनबाबुरामलाई सहयोग
गर्छ, किनभने म परेँ मधेसी, बाबुरामपर्‍यो पहाडी । त्यसैले यो पहाडिया
सेनाले त्यही पहाडिया बाबुरामलाई सहयोग गर्छ, मलाई कहाँ गर्छ ?'
6 Comments on "सेनालाई 'पहाडिया' भन्दै

No comments:

Post a Comment