Tuesday, November 6, 2012

राष्ट्रपतिमाथि छानबिन गर्न शीतल निवासको चुनौती

राष्ट्रपतिमाथि छानबिन गर्न शीतल निवासको चुनौती
एकीकृत माओवादीका मन्त्रीहरुले राष्ट्रपति रामवरण यादवले
सत्ता आफैँ लिने असफल प्रयास गरेको आरोप लगाइरहेका बेला राष्ट्रपति कार्यालयले त्यसबारे छानबिन
गर्न सरकारलाई चुनौती दिएको छ। राष्ट्रपति कार्यालयको सुरक्षा र प्रशासनिक काम सरकारको मातहतमा सञ्चालन हुने भन्दै
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राष्ट्रपतिमाथि निराधार आरोप नलगाउन आग्रह गरे।
'राष्ट्रपति निवासमा त्यस्ता गतिविधि भइरहेका हुन् भने त्यसको छानबिन गर्ने र ती निराधार भए
कारबाही गर्ने दायित्व प्रधानमन्त्रीको हो,' दाहालले सोमबार बिबिसीसँग भने।
'यदि राष्ट्रपति कार्यालयमा केही भइरहेको छ भन्ने लाग्छ भने त्यसको छानबिन गर्ने र
त्यसको जानकारी सर्वसाधारणलाई गराउने जिम्मा सरकारको हो,' उनले थपे, 'होइन भने राष्ट्रपतिमाथि निराधार आरोप लगाउनेमाथि प्रधानमन्त्रीले कारबाही गर्नुपर्छ।'
माओवादी नेता एवं अर्थमन्त्री वर्षमान पुनले आन्तरिक सुरक्षा संयन्त्र र अन्तर्राष्ट्रिय
क्षेत्रसँगको साँठगाँठका आधारमा राष्ट्रपति यादवले सरकार बर्खास्त गर्न खोजेको तर त्यो प्रयास
विफल भएको आरोप लगाएका थिए।

No comments:

Post a Comment